प्रचण्डको दाबी : एक नम्बर पार्टी बन्न कसैले रोक्न सक्दैन
विभिन्न १० वटा कम्युनिस्ट घटक मिलेर बनेको नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकल दाहाल प्रचण्डले आगामी चुनावबाट देशकै ठूलो पार्टी बन्ने दाबी गरेका छन् ।
बुधबार काठमाडौंमा आयोजित एकता घोषणासभामा उनले आफूहरुलाई देशकै एक नम्बर पार्टी बन्न कसैले रोक्न नसक्ने दाबी गरे ।
‘देशको एक नम्बर पार्टी बन्न कसैले रोक्न सक्दैन, एक नम्बर पार्टी त भयो भयो । कसैलाई टाउको दुखेको पनि होला, राति निद्रा नलागेको होला । नलागे नलागोस्’, उनले भने ।
अब देशैभरि एकता घोषणा सभा लिएर गएपछि पार्टीको पक्षमा अझै माहोल बन्ने प्रचण्डले बताए । ‘हाम्रो आत्मसमीक्षा, हाम्रो प्रतिवद्धतालाई जनताले राम्रोसँग साथ दिनेछन्’, उनले भने ।
प्रचण्डले आफूहरु सधैं नेतृत्वमा बसिराख्नुपर्छ भन्ने पक्षमा नरहेको पनि बताएका छन् । ‘विचारको विकास गरौं, विधिको विकास गरौं, एउटा प्रणालीको विकास गरौं, इतिहासमा महत्वपूर्ण भूमिका खेलेका नेताको सम्मान गर्ने प्रणाली विकास गर्ने हो भने नयाँ तरिकाले जान सकिन्छ’, उनले भने ।
बुधबार नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादीलगायत विभिन्न कम्युनिस्ट घटक मिलेर नेपाली कम्युनिष्ट पार्टी बनेको छ । यो पार्टीको सहसंयोजकमा माधवकुमार नेपाल रहेका छन् ।
मेसीभन्दा कम उमेरमै गरे यमालले विश्वकपमा गोल
राप्रपाको महाधिवेशन मंसिर २६ देखि काठमाडौंमा
मेसीको बुबलाई के भएको हो ?, परिवारले निकाल्यो विज्ञप्ति
सर्लाहीबाट ७५ बोरा फर्सीको बियाँ बरामद
ह्याट्रिकसँगै मेसीले बनाए नयाँ रेकर्ड



-1781681783.png)
-1781759377.png)



