किन घट्यो बैंकको नाफा ?
उद्योगी तथा पूर्वअर्थ राज्यमन्त्री डा. रुप ज्योतिले सिटिजन्स बैंक इन्टरनेसनलबाट लिएको ९० करोडको कर्जा संकटमा पर्यो । रुप ज्योतिले हिरो बाइक बेच्ने आफ्नो कम्पनीका लागि ऋण लिएका थिए, तर हिरोको आधिकारिक डिलरसिप सीजी ग्रुपले खोस्यो ।
ऋण लिएको व्यवसाय नै बन्द भएपछि राष्ट्र बैंकले त्यो कर्जामा शत प्रतिशत प्रोभजनिङ गर्न लगायो । प्रोभिजनिङ गर्नु भनेको ऋण संकटमा परिन्जेल ऋण बराबरकै पैसा बैंकले नाफामा हिसाब नगर्नु हो ।
यसैकारण चालु आर्थिक वर्षको साउनदेखि असोजसम्मको तीन महिनामा सिटिजन्स बैंकको वित्तीय विवरण नोक्सानीमा देखियो । बैंक २२ करोड ४ लाख ११ हजार रुपैयाँ नोक्सानी छ ।
अरु बैंकको वित्तीय विवरण पनि पहिलो त्रैमासमा खासै राम्रो छैन । १५ वाणिज्य बैंकको नाफा कमाए पनि गत वर्षको पहिलो त्रैमासको तुलनामा घटेको छ । विवरणअनुसार वाणिज्य बैंकहरुको खुद नाफा औसमै १८.७८ प्रतिशतले घटेको हो ।
बैंकहरुले तीन महिनामा १३ अर्ब १४ करोड रुपैयाँ मात्रै कामाए, गत वर्ष १६ अर्ब १८ करोड रुपैयाँ नाफा बुक गरेका थिए ।
सिटिजन्ससँगै कृषि विकास बैंक, एनआईएमबी, प्रभु, नेपाल एसबीआई र लक्ष्मी सनराइज बैंकको नाफा धेरै घटेको छ । एनएमबी, स्ट्यान्डर्ड चाटर्ड, माच्छापुच्छ्रे, सिद्धार्थ, नबिल, हिमालयन, नेपाल बैंक, प्राइम कमर्सियल र कुमारी बैंकको पनि नाफा गत वर्षभन्दा कम छ ।
जेनजी आन्दोलनपछि बैंकहरुले दिएको ऋणको किस्ता व्याज तिर्नेहरु कम भएका छन् । त्यसले बैंकको नाफामा प्रभाव परेको देखिन्छ । बैंकहरुले खराब कर्जामा धेरै कम प्रोभजिनिङ गर्नु परेकाले पनि नाफा खुम्चिन पुगेको हो ।
तर, यो तीन महिनामा सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकको नाफा भने ३ गुणाले बढेको छ । वाणिज्य बैकले ५९ करोड नाफा कमाएको छ । सबैभन्दा धेरै नाफा चाहिँ ग्लोबल आईएमई बैंकले १ अर्ब ८५ करोड कमाएको छ । सानिमा, एनआईसी एसिया र एभरेष्ट बैंक पनि गत वर्षभन्दा बढी नाफा कमाउने बैंक हुन् ।
अल्टिमाले ल्याउँदैछ नयाँ हेडफोन, अफरमा १९ रुपैयाँमै पाइने
महालक्ष्मी विकास बैंकलाई राइजिङ स्टार ग्रोथ अवार्ड
ग्लोबल आइएमई बैंकको खाता नागरिक एपबाटै खोल्नुस्
देशैभरि आधिकारिक बिक्रेता राख्दै अल्टिमा, उत्कृष्टलाई पुरस्कार
महालक्ष्मीको सीएसआर अन्तर्गत विभिन्न विद्यालयलाई सहयोग








