३ प्रतिशत ब्याजदरमै ऋण लिने हो ? यसो गर्नुस्
स्टार्ट अप बिजनेस थाल्ने हो ? कि आफ्नो बिजनेसमा थप लगानी बढाएर काम गर्ने हो ?
त्यसो हो भने सरकारले नै तीन प्रतिशत ब्याजदरमा पाँच लाखदेखि २० लाख रुपैयाँ कर्जासम्म नै दिँदैछ ।
४०० जनाले यस्तो कर्जा पाउँदैछन् ।
परियोजना प्रस्ताव पेस गर्न औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले २१ दिने सूचना निकालिसकेको छ । यसमा आवेदन दिएर तपाइँको परियोजना छानियो भने माघसम्म कर्जा हात पर्नेछ ।
सस्तो कर्जा पाउन के–के क्षेत्रको परियोजना हुनुपर्छ त ?
कृषि वन तथा उत्पादनमूलक, सूचना प्रविधि तथा डिजिटल, पूर्वाधार तथा याताया, सामाजिक सेवा र पर्यटन, परम्परागत तथा स्थानीय स्रोतसम्बद्ध परियोजनाहरुमा सरकारले ऋण दिने छ ।
प्राइभेट फर्म, साझेदारी फर्म, कम्पनी वा सहकारी संस्था उद्योग जे भए पनि हुन्छ, तर कतै न कतै दर्ता भने भएको हुनैपर्छ ।
तर, एउटा शर्त छ है ! उद्यम व्यवसाय दर्ता भएको १० वर्ष नाघेको छ भने ऋण पाउनुहुन्न । वर्षमा १५ करोड रुपैयाँ भन्दा बढीको कारोबार गर्ने कम्पनीले पनि यो कर्जा पाउँदैन ।
आवेदन दिन के–के चाहिन्छ त कागजात ?
उद्योगको दर्ता र नवीकरण प्रमाणपत्रको प्रतिलिपि चाहिहाल्यो । स्थायी लेखा नम्बर (प्यान) र अघिल्लो आर्थिक वर्षको करचुक्ता प्रमाणपत्रको प्रतिलिपि अनि अघिल्लो आर्थिक वर्षको लेखापरीक्षण प्रतिवेदनको प्रतिलिपि पनि । सञ्चालकको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि अनि अन्यत्रबाट सहुलियतपूर्ण कर्जा नलिएको स्वघोषणा पनि पेश गर्नुपर्ने छ ।
तपाइँको परियोजना प्रस्ताव उचित लागेमा सरकारले प्रारम्भिक सूचीमा नाम निकाल्छ । त्यसपछि तपाईंले परियोजनाबारे प्रिजेन्टेसन गनुपर्छ । मूल्यांकन समितिले ठीक लागेमा निर्णय गरेर कुनै वाणिज्य बैंकलाई कर्जाका लागि सिफारिस गर्छ । वाणिज्य बैंकले पनि तपाइँको परियोजना हेरेर ऋण दिनेछ ।
आफैंले केही नयाँ नौलो काम जोस जाँगर छ भने मौका नगुमाउनुस् है !
संसद बिघटनको मुद्दामा किन ढिलाइ ?
विदेश जाँदा के–के लैजान मिल्दैन ?
निपा भाइरस कसरी सर्छ ? कसरी बच्ने ?
रविको चेतावनी : पुरानो संसद फर्काउने चलखेल स्वीकार्दैनौं
रुकुममा प्रचण्डसँग चुनाव लडेका शहीदपुत्र








