नागढुंगा सुरूङमार्ग चलाउन किन ल्याइँदैछ विदेशी कम्पनी ?
साढे २ किलोमिटरको नागंढुगा सुरुङमार्ग चलाउन पनि विदेशी कम्पनी नै चाहिने ! किन त ?
काठमाडौंको मुख्य नाका नागढुंगामा सुरुङमार्ग निर्माणको काम अन्तिम चरणमा छ । आगामी पुसबाट यो सुरुङमार्ग खलाउने सरकारी लक्ष्य छ ।
ढिलो भएछ भने पनि २०८३ को वैशाखसम्म त यो सुरुङमार्ग चल्छ, चल्छ ।
अहिले सुरुङमार्ग चलाउन विदेशी कम्पनीको खोजी हुँदैछ । सुरुङमार्गको सञ्चालन र व्यवस्थापन हेर्ने कम्पनी खोज्न ग्लोबल टेन्डर आह्वान भइसक्यो ।
टेन्डरबाट छानिने कम्पनीले नै सुरुङमार्गको सञ्चालन, रेखदेख, मर्मत सम्भारको काम पनि गर्छ । विदेशी कम्पनीले कुनै नेपाली कम्पनीसँग मिलेर मात्रै सुरुङ मार्ग चलाउन पाउनेछ । सुरुको ५ वर्ष छानिएको कम्पनीले सुरुङमार्गको जिम्मा लिनेछ ।
सुरुङमार्ग चलाउन विदेशी कम्पनी नै चाहिने हो त ? होइन । तर, खै त नेपालीसँग सुरुङमार्ग चलाएको अनुभव र योग्यता ?
नेपालमा गाडी चल्ने आधुनिक सुरुङमार्ग एउटा पनि सञ्चालनमा छैनन् । सुरुङमार्ग सञ्चालन र व्यवस्थापन एउटा जटिल काम हो ।
चलाउन थालेपछि नियमित मर्मत सम्भार त गर्नैपर्छ । तर, आकस्मिक रुपमा सुरुङमार्गमा जेट फ्यानहरु बिग्रन सक्छ, लाइटिङ सिस्टमममा समस्या आउनसक्छ, कुनै दुर्घटना भए तत्काल उद्धार गर्नुपर्ने हुनसक्छ । अग्नि नियन्त्रणमा चनाखो भएर काम गर्नुपर्ने हुनसक्छ ।
यस्तै खालका सुरुङको सुरक्षा र मर्मत सम्भारसम्बद्ध अनुभव नेपाली कम्पनीसँग त छैन । न त सडक विभागसँग नै यस्तो खालको अनुभव छ । त्यसैले ५ वर्षसम्म नेपाली कम्पनीलाई पनि सिकाउने गरी विदेशी कम्पनी ल्याउन लागिएको आयोजनाका प्रमुख सौजन्य नेपाल बताउँछन् ।
त्यो कम्पनीले सुरुङमार्ग चलाउने कम्पनीले अनुभवप्राप्त पाँचजना विशेषज्ञ समेत नेपाल ल्याउनुपर्ने छ । उनीहरुले नेपालीहरुलाई सुरुङमार्गको सञ्चालन गर्न समेत सिकाउनेछन् ।
त्यो विदेशी कम्पनीले तोकिएको दरमा गाडीहरुबाट सुरुङ प्रयोग गरेबापतको टोल शुल्क पनि उठाउनेछ । सुरुङमार्ग प्रयोग गर्ने गाडीले ६० रुपैयाँदेखि ६०० रुपैयाँसम्म शुल्क तिर्नुपर्ने हुन्छ ।
वर्षमा सुरुङमार्गमा २५ करोडदेखि ३० करोड रुपैयाँ खर्च अनुमान छ । सुरुको पाँच वर्षमा सुरुङमार्गबाट त्यति नै बराबरको शुल्क उठ्ने अनुमान छ । अर्थात् सुरुङमार्गको शुल्कले सुरुङ चलाउन सकिने छ ।
तपाईं एक्साइटेड हुनुहुन्छ त नागढुंगा सुरुङमार्ग भएर यात्रा गर्न ? फेरि तपाइँलाई थाहा छ कि छैन ? यो सुरुङमार्गमा मोटरसाइकल र स्कुटर चलाउन चाहिँ पाइँदैन है !
उखुको न्यूनतम मूल्य प्रतिक्वीन्टल ६२० रुपैयाँ
महेश बस्नेतको अगुवाइमा गुण्डुमा बन्दैछ ओली कुटी
नेपालमा १०० भारु भन्दा माथिका नोट पनि चलाउन भारतको अनुमति
नलिन्चोक हेलिप्याड प्रकरण, प्रदीप अधिकारीसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
उज्यालो नेपाल पार्टीमा खुले कुलमान



-1765351207.jpg)



