राष्ट्रिय परिचयपत्रबाट भोटर कार्ड बनाउन खोज्दा हैरानी मात्र
बिहीबार एउटा खबर खुब फैलियो : बायो मेट्रिक दिन जान नपर्ने, नेशनल आइडी कार्डकै बायोमेट्रिकबाट भोटर आइडी बन्ने ।
कतिसम्म भने पूर्वमन्त्री सुमना श्रेष्ठले त युवाहरुलाई स्माटफोन र ल्यापटप लिएर सडकमा जान र नेशनल आइडीबाट भोटर आइडी बनाउन सहयोग गर्न अपील समेत गरिन् ।
यति काइदा भएछ भने किन नबनाउने भनेर म पनि हौसिए ।
सुरुमा निर्वाचन आयोगको वेबसाइट लगइन गरेँ ।
त्यहाँ मतदाता नामावली प्रि–रजिस्ट्रेसन र अध्यावधिक भन्ने सेक्सन रहेछ ।
त्यसमा क्लिक गर्दा नयाँ नाम दर्ता वा नामावली अध्यावधिक भन्ने देखियो ।
म नयाँ नाम दर्ता गर्नेवाला थिए । त्यसमा क्लिक गरेँ । अनि फुटाफट विवरण गरे ।
सुरुमा राष्ट्रिय परिचय पत्र नम्बर राखे । अनि, जन्ममिति, र नाम ।
त्यसपछि सही उत्तर हाल्नुहोस् भन्ने छ । विवरण भर्ने रोबर्ट त होइन भनेर चेक गर्न राखिएको होला । सजिलो म्याथ रहेछ, त्यो पनि भरेँ ।
त्यसपछि राष्ट्रिय परिचय पत्र बाट विवरण प्रमाणीकरण गर्नुहोस् ।
त्यसपछि के भयो थाहा छ ? विहान १२ बजेदेखि ट्राइ गरेको अपरान्ह ४ बजेसम्म पनि सफल भइन । दिनभर प्रमाणिकरण असफल भयो मात्र भन्यो । पछि त डेटा प्रमाणिकरण हुँदैछ मात्र भन्यो ।
पहिले सिस्टम सबै चेक गरेर हल्ला गरेको भए के जान्यो ? मैले दुःख त पाउने थिइनँ नि ।
त्यसैले निर्वाचन आयोगलाई अनुरोध छ, पहिलो सिस्टम बनाऊँ । अनि नेशनल आइडी कार्डकै बायोमेट्रिकबाट भोटर आइडी बनाउन अपील गरौं ।
अनि, तपाईंलाई पनि एउटा आग्रह छ, मतदाता नामावलीमा नाम दर्ता गर्नु भएको छैन भने गरिहाल्नुस् । म्याद कात्तिक ३० गतेसम्म मात्र छ ।
सरकारले न्यायालयलाई तर्साउन खोज्यो : नेपाल बार
पोखरा विमानस्थलमा पूर्वअर्थमन्त्री कार्कीविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौंका बाँकी सुकुम्बासी बस्तीमा वैशाख १८ गते डोजर
अर्थ मन्त्रालयका कर्मचारीले १५ दिनमै पाए तलब
दीपक भट्टको साझेदार बन्दा गयो सुदनको गृहमन्त्री पद


-1777651991.jpeg)

-1777978198.png)



