नेपालको सबैभन्दा बढी कर तिर्ने को-को ?
नेपालको सबैभन्दा बढी कर तिर्ने मान्छे को होला ? जवाफ हो, राजबहादुर शाह ।उनी जाउलाखेल ग्रुप अफ इन्डस्ट्रिजका प्रबन्ध निर्देशक हुन् ।
जाउलाखेल डिस्ट्रिलरी चलाइरहेका शाहको कम्पनीले रुस्लान् भोड्का, कालापत्थर ह्विस्की, बर्डवाइजर बियर, ब्लु डायमण्ड जिनसहित दर्जनभन्दा बढी ब्राण्डका मदिरा उत्पादन गर्छ ।
आर्थिक वर्ष २०८१/८२मा शाहले नै सबैभन्दा बढी व्यक्तिगत आय कर तिरेका छन् । आन्तरिक राजस्व विभागले उनलाई आज सम्मान नै गरेको छ ।
यो त व्यक्तिगत रुपमै तिरिने आय करको कुरा भयो । नेपालमै सबैभन्दा धेरै आयकर कसले तिर्ला ? जवाफ हाे, नेपाल दूरसञ्चार प्राधिकरण ।
यो वर्ष नेपाल टेलिकमले मोबाइल सेवाको लाइसेन्स नवीकरणबापत २० अर्ब रकम तिरेकाले प्राधिकरणले सरकारलाई संस्थागततर्फ धेरै आयकर तिरेको हो ।
धेरै आयकर तिर्ने एकलौटी फर्म भने थर्ड आइ इन्टरनेसनल हो ।
वस्तुगत र निर्यात कारोबारतर्फ बढी आय कर डाबर नेपालले तिर्छ । डाबर नेपाल बहुर्राष्ट्रिय कम्पनी हो, जसले विभिन्न खाद्य र दैनिक उपभोग्य वस्तु उत्पादन गर्छ । डाबरले चेबनप्रास, हनी, दन्त मञ्जन र रियल जुस लायगतको उत्पादन गर्छ ।
सूचना–प्रविधि कम्पनीतर्फ बढी कर भेरिक्स नेपालले तिर्छ, यो विभिन्न सूचना प्रणाली र सफ्टवेयर बनाउने कम्पनी हो ।
कृषि/पशुजन्य उत्पादन गरेर बढी आयकर तिर्ने कम्पनी पोषक ब्रिडर हो । रुङ्गाटा ग्रुपले चलाएको यो उद्योगले पेलेट दाना उत्पादन गर्दै आएको छ ।
धेरै आय कर तिर्ने बैंक तथा वित्तीय संस्था नेपाल इन्भेष्टमेन्ट बैंक हो । पृथ्वीबहादुर पाँडे अध्यक्ष रहेको यो बैंकले गत वर्ष सबैभन्दा बढी कर तिर्यो ।
स्वास्थ्य/शिक्षातर्फ नोबेल मेडिकल कलेज छ । यो विराटनगरको मेडिकल कलेज हो । यसको सञ्चालक कांग्रेस नेता सुनिल शर्मा हुन् ।
टुरिजमतर्फ होटल सोल्टीले बढी आय कर तिर्छ । सोल्टीले काठमाडौंसहित चितवन, इटहरी, भैरहवा, नेपालगञ्ज, भक्तपुरमा होटलहरु चलाइरहेको छ ।
वस्तु व्यापारतर्फ हुन होला ? शंका नै छैन, भाटभटेनी सुपरमार्केट । यो वर्ष त धेरै स्टोरहरु जल्दा भाटभटेनीलाई ठूलो धक्का लागेको छ, तर गत वर्ष यो कम्पनीले राम्रो व्यापार गरेर वस्तु व्यापारतर्फ सबैभन्दा बढी आय कर तिरेको थियो ।
मध्यस्तरीय करदातामा बढी कर तिर्ने सीडीएस एण्ड क्लियरिङ लिमिटेड हो । यो नेपाल स्टक एक्सचेन्जले प्रवर्द्धन गरेको कम्पनी हो, यसले क्लिेयरिङ सेटलमेन्ट सेवाहरु दिन्छ ।
ऊर्जातर्फ छ, भोटेकोशी पावर कम्पनी । यसले सिन्धुपाल्चोकमा ४५ मेगावाटको भोटेकोशी जलविद्युत आयोजना चलाइरहेको छ ।
रेमिट्यान्सतर्फ उही त हो, आईएमई । यो चन्द्र ढकालको रेमिट कम्पनी हो ।
५० करोडभन्दा बढी कारोबार गर्ने कम्पनीतर्फ भीएफ सर्भिसेजले बढी कर तिरेको छ ।
विशेष उद्योगतर्फ युनिलिभर नेपाल लिमिटेडले सबैभन्दा बढी आय कर तिरेको छ । युनिलिभर विभिन्न दैनिक उपभोग्य वस्तु उत्पादन गर्ने बहुरािष्ट्रय कम्पनी हो ।
सबैभन्दा समयमै भ्याट तिर्ने कम्पनी चाहिँ कुन होला त ? जवाफ हो, नेपाल टेलिकम ।
अल्टिमाले ल्याउँदैछ नयाँ हेडफोन, अफरमा १९ रुपैयाँमै पाइने
महालक्ष्मी विकास बैंकलाई राइजिङ स्टार ग्रोथ अवार्ड
ग्लोबल आइएमई बैंकको खाता नागरिक एपबाटै खोल्नुस्
देशैभरि आधिकारिक बिक्रेता राख्दै अल्टिमा, उत्कृष्टलाई पुरस्कार
महालक्ष्मीको सीएसआर अन्तर्गत विभिन्न विद्यालयलाई सहयोग








