सुजन कडरियालाई अखिलको ढोका बन्द, दीपक धामी बने अध्यक्ष
नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले अध्यक्ष सुजन कडरियालाई पदमुक्त गरेको छ । र महासचिव दीपक धामीलाई अध्यक्ष तोकेको छ ।
भदौ २३ गते जेनजी आन्दोलनका क्रममा प्रहरीको गोली लागेर १९ जनाको मृत्यु भएपछि कडरियाले विद्यार्थी आन्दोलनकै कालो दिन भन्दै फेसबुकबाटै राजीनामा घोषणा गरेका थिए ।
पछि उनले आफूले दबाबमा परेर राजीनामा घोषणा गरेको भन्दै जिम्मेवारीमा फर्किन खोजेका थिए । तर पार्टी र संगठनलाई अप्ठेरो परेका बेला धोका दिएको भन्दै अनेरास्ववियु र एमालेभित्र उनी पदमा फर्किन नहुने मत पनि थियो ।
मंसिर १ गते बसेको अनेरास्ववियुको पदाधिकारी बैठकले अध्यक्ष कडरियालाई पदमुक्त गर्दै महासचिव दीपक धामीलाई अध्यक्ष तोकेको हो ।
त्यस्तै उपाध्यक्ष अञ्जना शिवाकोटीलाई महासचिवको जिम्मेवारी दिइएको छ । अनेरास्ववियुको पदाधिकारी बैठकको निर्णयलाई सचिवालय र केन्द्रीय समितिले पनि अनुमोदन गर्नुपर्नेछ ।
आफूलाई पदमुक्त गर्ने निर्णयलाई निवर्तमान अध्यक्ष कडरियाले स्वीकार गरेका छन् । उनले आफूले दिएको राजीनामा स्वीकृत गरिदिएको भन्दै धन्यवाद दिएका छन् र अध्यक्षको जिम्मेवारी पाएका दीपक धामीलाई बधाई दिएका छन् ।
उनले भनेका छन्, ‘भदौ २३ गतेको आन्दोलनमा प्रहरीको गोलीले विद्यार्थीको रगत बगेको क्षणसँगै मेरो अनेरास्ववियु यात्रा अन्त्य भएको सत्यलाई आजको गरिमामय बैठकले आधिकारिक मान्यता दिएकोमा म सम्मान व्यक्त गर्दछु ।’
हेर्नुहोस् भिडियो
रसुवा बाढीमा मृत्यु हुनेको संख्या १००० नाघ्यो
प्रधानमन्त्री राहत कोषमा सरकारी कर्मचारीको तलबबाट ३६ करोड
रसुवा बाढीमा ज्यान गुमाउनेको संख्या ३५९ पुग्यो
३३ वर्षको उमेरमा भारतीय क्रिकेट टिमबाट डेब्यू
कतार एयरवेजबाट नेपाली यात्रुले पाउने भइन् २ करोड ६१ लाख क्षतिपूर्ति

-1790087654.png)






