आन्दोलन दमन गर्ने बाङ्लादेशकी प्रधानमन्त्रीलाई मृत्युदण्ड
बाङ्लादेशमा गत वर्ष भएको विद्यार्थी आन्दोलन दमन गरेको घटनामा प्रधानमन्त्री शेख हसिनालाई मृत्यु दण्डको सजाय सुनाइएको छ ।
बाङ्लादेशको इन्टरनेशनल क्राइम्स ट्रिब्युनलले गत वर्षको विद्यार्थी आन्दोलनमा करिब १४ सय जनाको मृत्यु हुनुमा प्रधानमन्त्री हसिनालाई मानवताविरुद्धको अपराधमा दोषी ठहर गरेको हो ।
आरक्षणको व्यवस्था खारेजीको माग गर्दै सुरु भएको आन्दोलनमा बाङ्लादेशमा चरम दमन भएको थियो ।
विद्यार्थी आन्दोलनले प्रधानमन्त्री कार्यालय नै घेरेपछि ५ अगस्ट २०२४ मा हसिना हेलिकप्टर चढेर विदेश भागेकी थिइन् । हाल उनी भारतमा निर्वासनमा छिन् ।
हसिनामाथि मानवताविरुद्धको अपराधसँगै ज्यानसम्बन्धी कसुर, ज्यान मार्ने उद्योग, घातक हतियार प्रयोगलगायतका ५ आरोपमा सुनुवाइ भएको थियो ।
हसिनाले भने आफूविरुद्धको सुनुवाइलाई राजनीति प्रेरित भनेकी छन् ।
अदालतले मंसिर १ गते हसिनासँगै उनका गृहमन्त्री असादुजमान खान कमल र प्रहरी प्रमुख चौधरी अबदुल्लाह अल मामुनलाई दोषी ठहर गरेको छ ।
अदालतको आदेश आएसँगै बाङ्लादेशको राजधानी ढाका र नजिकका क्षेत्रमा प्रदर्शन हुन सक्ने आशंकामा सरकारले सुरक्षा सतर्कता बढाएको छ ।
सरकारले शेख हसिनाको पार्टी अवामी लिगलाई पनि प्रतिबन्ध लगाएको छ ।
इरानको चक्रब्यूहमा फसे ट्रम्प
सीआर्ईएले ६ महिनादेखि फलो गरिरहेको थियो खामेनी
७४ लाख फलोअर्स, ४४ हजार भोट, डा. तस्निम जाराको कथा
१७ वर्षसम्म देश फर्किन सकेनन्, अहिले सोझै प्रधानमन्त्री
मरुभूमिबाट कसरी धनाढ्यको शहर बन्यो दुबई ?

-1773931562.jpeg)


-1773656815.jpeg)

