भदौ २४ गते जलेका काठमाडौंका ७३ प्रहरी कार्यालय मर्मत सम्भार
जेनजी आन्दोलनपछि गत भदौ २४ गते भौतिक संरचनाको ठूलो क्षति ब्यहोर्नेमा काठमाडौंका प्रहरी युनिटहरु पनि हुन् । भदौ २३ गते सरकारको चरम दमनका कारण १९ जनाको मृत्यु भएको आक्रोश प्रहरी युनिटहरुमा पनि पोखिएको थियो ।
\जिल्ला प्रहरी परिसर काठमाडौं मातहत १२७ वटा प्रहरी युनिट रहेकामा भदौ २४ गते ९७ वटा प्रहरी कार्यालयमा क्षति भएको थियो ।
कतै घर पूर्ण रुपमा जलेका थिए भने कतै आंशिक मात्र जलेका थिए, कतै कागजपत्र जलाइनुका साथै केही कोठामा तोडफोड गरिएका थिए । आगजनी र तोडफोडका कारण धेरै प्रहरी युनिटहरु जाहेरी दरखास्त लिन, अभियुक्त पक्राउ गर्न पनि नसक्ने अवस्थामा पुगेका थिए ।
प्रहरी युनिटमा बस्ने कुर्ची टेबुल मात्र होइन, लेख्ने कागजसमेत थिएन ।
तर जेनजी आन्दोलननको साढे दुई महिना अवधिमा धेरै प्रहरी कार्यालयहरु पुरानै अवस्थामा फर्किसकेका छन् । ९७ वटा प्रहरी कार्यालयमा क्षति भएकामा ७३ वटा कार्यालय मर्मत सम्भार भइसकेका छन् । १७ वटा मर्मत सम्भारकै क्रममा छन् भने केही प्रहरी कार्यालय नयाँ बनाउनुपर्ने अवस्था छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार जिल्लाका १५ वटा प्रहरी कार्यालयसँग अपराधका घटनामा जाहेरी लिने र अनुसन्धान गर्ने अख्तियारी छ । तीमध्ये १० वटा पूर्ण क्षमतामा सञ्चालन भइसकेका छन् । ५ वटा कार्यालय भने अहिले पनि आंशिक रुपमा मात्र अनुसन्धान गरिरहेका छन् । ती कार्यालयहरु हुन्, प्रहरी वृत्त बौद्ध, बानेश्वर, स्वयम्भू, गौशाला र जनसेवा ।
हाल ७ वटा प्रहरी युनिट, नजिकको अर्को ठाउँबाट सञ्चालन गरिएको छ भने ५ वटा कार्यालयलाई अर्को कार्यालयमा मर्ज गरिएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवन भट्टराईका अनुसार धेरै प्रहरी चौकीहरु पुनस्र्थापना हुनुमा स्थानीय समुदायको ठूलो भूमिका छ । स्थानीयले आफैंले मर्मत सम्भार गरेर प्रहरी चौकीहरु बस्नयोग्य बनाइदिएका थिए । स्थानीय निकाय र सर्वसाधारणले ४९ वटा दुई पांग्रे सवारी साधन प्रहरीलाई दिएका छन् । त्यस्तै २ वटा चारपांग्रे गाडी पनि दिएका छन् ।
सरकारले न्यायालयलाई तर्साउन खोज्यो : नेपाल बार
पोखरा विमानस्थलमा पूर्वअर्थमन्त्री कार्कीविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौंका बाँकी सुकुम्बासी बस्तीमा वैशाख १८ गते डोजर
अर्थ मन्त्रालयका कर्मचारीले १५ दिनमै पाए तलब
दीपक भट्टको साझेदार बन्दा गयो सुदनको गृहमन्त्री पद


-1777651991.jpeg)

-1777978198.png)



