एमाले एकै दिन सर्वोच्च र निर्वाचन आयोगमा
संसद बिघटनलाई असंवैधानिक भन्दै आएको नेकपा एमाले आज संसद पुनर्स्थापनाको माग लिएर सर्वोच्च अदालत पुगेको छ ।
बिघटित प्रतिनिधिसभाको एमाले संसदीय दलको तर्फबाट प्रमुख सचेतक महेश बर्तौला र सचेतक सुनीता बरालले संसद पुनस्र्थापनाको माग गर्दै रिट पेश गरेका हुन् ।
रिटमा उनीहरुले ७ वटा माग राखेका छन् ।
पहिलो हो, प्रधानमन्त्री सुशीला कार्की प्रतिनिधिसभाको सदस्य होइन, उनलाई संसदको कुनै पनि राजनीतिक दलको समर्थन छैन, त्यसैले उहाँको नियुक्ति असंवैधानिक छ, खारेज हुनुपर्छ ।
दोस्रो, सुशीला कार्कीलाई प्रधानमन्त्री नियुक्त गर्ने राष्ट्रप िरामचन्द्र पौडेलको भदौ २७ को निर्णय बदर गर्नुपर्छ ।
तेस्रो, सुशीला कार्की प्रधानमन्त्री नियुक्त भएपछि सरकारले गरेका निर्णय र नियुक्तिहरु बदर गर्नुपर्छ ।
चौथो, भदौ २४ गते पछिको समयलाई शून्य अवधि मानेर प्रतिनिधिसभा पुनर्स्थापना गर्नुपर्छ ।
पाँचौं, भदौ २४ गते कायम रहेका राज्यका सबै अंग, निकाय पूर्ववत अवस्थामा नै सञ्चालन रहने भनेर आदेश दिनुपर्छ ।
छैटौं, भदौ २४ गते केपी शर्मा ओलीले प्रधानमन्त्रीबाट राजीनामा दिएकाले संसदबाटै अर्को सरकार गठन प्रक्रिया सुरु गर्न राष्ट्रपतिको नाममा आदेश जारी गर्नुपर्छ ।
सातौं, पुनस्र्थापित प्रतिनिधिसभाको बैठक बोलाउन आवश्यक व्यवस्था मिलाउन सभामुख र संसद सचिवालयको नाममा आदेश जारी गर्नुपर्छ ।
संसद पुनर्स्थापनाको माग लिएर एमाले संसदीय दल सर्वोच्च गएकै दिन एमालेको एक टोली भने चुनावका लागि दल दर्ता गर्न निर्वाचन आयोग पनि पुगेको छ ।
एमबाप्पेले माफी मागिसके, तर चीनमा उनको खेलको प्रत्यक्ष प्रशारण रोकियो
जब पाइलटबीचको विवादले जहाज अपहरणको हल्ला फैलियो
रसुवा बाढीमा मृत्यु हुनेको संख्या १००० नाघ्यो
प्रधानमन्त्री राहत कोषमा सरकारी कर्मचारीको तलबबाट ३६ करोड
रसुवा बाढीमा ज्यान गुमाउनेको संख्या ३५९ पुग्यो



-1793372443.jpeg)

-1793700912.jpeg)


