भाटभटेनीमा भेटिएका ७ अस्तुको पहिचान नेपालमा असम्भव !
चाबहिलको भाटभटेनी सुपरस्टोरमा भदौ २४ को आगजनीपछि ७ वटा अस्तु भेटिएको साढे दुई महिना भइसक्यो ।
तर ती शव कसको हो अहिलेसम्म खुलेको छैन । अब छिट्टै खुलिहाल्छ कि भन्ने अवस्था पनि छैन । प्रहरीले ती अस्तु पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा पठायो । पूरा शरीर जलेर थोरै अंश मात्र बाँकी रहेकाले पोस्टमार्टम नै हुन सकेन ।
यता जिल्ला प्रहरी परिसर काठमाडौंमा आफ्ना आफन्त हराएको भनेर ७ जनाकै निवेदन पनि आइसकेको छ । हराएकाहरु सातै जना पुरुष छन् ।
तर प्रहरीले हराएका र जलेका मान्छे एउटै हुन् कि होइनन् पत्ता लगाउन सकेको छैन ।
पोटस्मार्टमबाट जलेकाहरुको पहिचान नभएपछि जिल्ला प्रहरी परिसरले ती अस्तुहरु डीएनए परीक्षणका लागि प्रहरीको केन्द्रीय विधिविज्ञान प्रयोगशालामा पठायो । तर विधिविज्ञान प्रयोगशालाले पनि उनीहरुको पहिचान गर्न सकिँदैन भनिसकेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवन भट्टराईका अनुसार शव पहिचानका लागि नेपालमा सम्भव छैन । विशेष प्रविधि भएको देशमा पठाउन सकिन्छ कि भन्ने पहल भइरहेको उनले बताएका छन् । उनी भन्छन्, ‘शव पहिचानका लागि तत्काल प्रहरीले केही गर्न सक्दैन ।’
सरकारले न्यायालयलाई तर्साउन खोज्यो : नेपाल बार
पोखरा विमानस्थलमा पूर्वअर्थमन्त्री कार्कीविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौंका बाँकी सुकुम्बासी बस्तीमा वैशाख १८ गते डोजर
अर्थ मन्त्रालयका कर्मचारीले १५ दिनमै पाए तलब
दीपक भट्टको साझेदार बन्दा गयो सुदनको गृहमन्त्री पद


-1777651991.jpeg)

-1777978198.png)



