टाटा सियरा २०२५ कस्तो छ, कति पर्छ ?
भारतको टाटा मोटर्सले आफ्नो पुरानो आइकनिक ब्राण्ड सियरा भारतीय बजारमा फेरि ल्याएको छ । २५ नोभेम्बरमा उसले सियरा २०२५ सार्वजनिक गरेपछि यो गाडीप्रति चासो र चर्चा बढेको छ ।
सन् १९९१ मा पहिलो पटक उत्पादन भएको यो गाडी सन् २००३ देखि बन्द भएको थियो ।
कुनै समय यो गाडीले भारतीय बजारमा तहल्का नै पिटेको थियो । बलिउड फिल्महरुमा सुनिल सेट्टी, सनी देवल, अक्षयकुमारहरुले ठूलो पर्दामा यो गाडीलाई नियमित देखाइरहन्थे ।
सन् २००३ पछि भने सडकबाट यो गाडी विस्तारै हराउँदै गयो । टाटाले २२ वर्षपछि सियरा २०२५ नाममा यो गाडी पुन लञ्च गरेको छ । यो गाडीको मूल्य भारतीय बजारमा ११ लाख ४९ हजार रुपैयाँ रहेको छ ।
नयाँ पुस्ताको सियराको बुकिङ डिसेम्बर १६ बाट सुरु हुनेछ र डेलिभरी सन् २०२६ को मध्यबाट सुरु हुनेछ ।
टाटा सियरा २०२५ एसयूभी सेगमेन्टमा मिड साइजको गाडी हो । अहिले यो सेगमेन्टमा बजारमा चलेको ब्राण्ड भनेको हुन्डेको क्रेटा र कियाको सेल्टस हो ।
अहिले टाटाले सियराको इन्ट्री लेभलको भेरियन्टका लागि मूल्य सार्वजनिक गरेको हो । फुल प्राइस लिस्ट भने आगामी डिसेम्बरको सुरुमा ल्याउँदैछ । यसको टप मोडलको मूल्य २१ देखि २२ लाख रुपैयाँसम्म हुन सक्ने जनाइएको छ ।
अहिले बुकिङ खुला गरेको सियरा २०२५ को पेट्रोल र डिजेल गाडी हुन् । तर टाटा मोटर्सले यसको इलेक्टिक भर्सन पनि छिट्टै लन्च गर्ने बताइसकेको छ ।
सियरा २०२५ को इन्जिन शहरभित्र र हाइवे दुबै ठाउँमा चलाउन सकिने गरी बनाइएको छ । यसमा फाइभजी कनेक्टिभिटी पनि राखिएको छ ।
भारतीय बजारमा टाटा सियरा २०२५ भन्दा क्रेटा केही सस्तो छ । क्रेटाको मूल्य १० लाख ७३ हजार रुपैयाँ रहेको भने सियरा २०२५ को साढे ११ लाख ।
तर डिजाइन र फिचरमा भने टाटा सियरा २०२५ धेरै अलग र दमदार छ ।
अल्टिमाले ल्याउँदैछ नयाँ हेडफोन, अफरमा १९ रुपैयाँमै पाइने
महालक्ष्मी विकास बैंकलाई राइजिङ स्टार ग्रोथ अवार्ड
ग्लोबल आइएमई बैंकको खाता नागरिक एपबाटै खोल्नुस्
देशैभरि आधिकारिक बिक्रेता राख्दै अल्टिमा, उत्कृष्टलाई पुरस्कार
महालक्ष्मीको सीएसआर अन्तर्गत विभिन्न विद्यालयलाई सहयोग








