उज्यालो नेपाल पार्टीले माग्यो उम्मेदवार
उज्यालो नेपाल पार्टीले फागुन २१ गते हुने चुनावमा यो पार्टीबाट उम्मेदवार बन्न चाहनेहरुसँग आवेदन माग गरेको छ ।
मंसिर १२ गते एक सूचना जारी गरेर उज्यालो नेपाल पार्टीले प्रत्यक्षतर्फको १६५ र समानुपातिकतर्फको ११० सिटमा उम्मेदवार बन्न आवेदन माग गरेको हो ।
प्रत्यक्षतर्फ उम्मेदवार बन्न चाहनेले आफ्नो निर्वाचन क्षेत्र तोकेर आवेदन दिनुपर्नेछ । प्रत्यक्षतर्फ सकेसम्म आफू मतदाता भएको निर्वाचन क्षेत्रकै उम्मेदवारमा आवेदन दिनुपर्नेछ ।
अनि समानुपातिक प्रणालीका लागि आवेदन दिन कुन क्लस्टरबाट उम्मेदवार बन्न चाहेको हो त्यो खुलाउनुपर्नेछ ।
उम्मेदवार हुन चाहनेले मंसिर २९ गतेसम्म आवेदन दिन सक्नेछन् ।
उज्यालो नेपाल पार्टीको अध्यक्षमा पूर्व ऊर्जा सचिव अनुप उपाध्याय छन् । यो पार्टीलाई हालका ऊर्जामन्त्री कुलमान घिसिङको पार्टी पनि भन्ने गरिन्छ । तर उनले आधिकारिक रुपमा बताइसकेका छैनन् ।
यो पार्टी निर्वाचन आयोगमा दर्ता भइसकेको छ भने घोषणासभा मंसिर १७ गते राखिएको छ ।
मेसीभन्दा कम उमेरमै गरे यमालले विश्वकपमा गोल
राप्रपाको महाधिवेशन मंसिर २६ देखि काठमाडौंमा
मेसीको बुबलाई के भएको हो ?, परिवारले निकाल्यो विज्ञप्ति
सर्लाहीबाट ७५ बोरा फर्सीको बियाँ बरामद
ह्याट्रिकसँगै मेसीले बनाए नयाँ रेकर्ड



-1781681783.png)
-1781759377.png)



