कार्की सरकारको अर्को निर्णयमा पनि सर्वोच्चको रोक
सुशीला कार्की नेतृत्वको सरकारको अर्को निर्णयलाई पनि अदालतले रोक लगाइदिएको छ ।
सरकारले गरेको भूमि आयोग खारेजीको निर्णय मंसिर १५ गते सर्वोच्चले बदर गरिदिएको हो ।
भूमिहीन सुकुम्बासी र भूमिहीन दलितलाई जग्गा वितरण गर्न केपी ओली सरकारले एमाले नेता हरिप्रसाद रिजालको अध्यक्षतामा भूमि आयोग गठन गरेको थियो ।
आयोगको सबै जिल्लामा कार्यालय थिए र ती कार्यालयमा त्यतिबेला सरकारमा रहेका एमाले र कांग्रेसका नेता कार्यकर्ताले नियुक्ति पाएका थिए ।
जेनजी आन्दोलनपछि बनेको सुशीला कार्की सरकारले आयोग खारेज गरिदिएको थियो । सरकारको निर्णय खारेजी माग गरेर आयोग कायम राख्न माग गर्दै अध्यक्ष हरिप्रसाद रिजालले सर्वोच्चमा रिट दिएका थिए ।
मंसिर १५ गते सर्वोच्च अदालतका न्यायाधीशहरु सारंगा सुवेदी र श्रीकान्त पौडेलको इजलासले आयोग खारेज गर्ने सरकारको निर्णय बदर गरिदिएको हो ।
अब भूमि आयोगको केन्द्रीय कार्यालय र जिल्ला कार्यालयहरु पुरानै अवस्थामा सञ्चालन हुनेछन् ।
यसअघि सरकारले गरेको राजदूत फिर्ताको निर्णय पनि कार्यान्वयन नगर्न सर्वोच्चले आदेश दिएको थियो ।
रसुवा बाढीमा मृत्यु हुनेको संख्या १००० नाघ्यो
प्रधानमन्त्री राहत कोषमा सरकारी कर्मचारीको तलबबाट ३६ करोड
रसुवा बाढीमा ज्यान गुमाउनेको संख्या ३५९ पुग्यो
३३ वर्षको उमेरमा भारतीय क्रिकेट टिमबाट डेब्यू
कतार एयरवेजबाट नेपाली यात्रुले पाउने भइन् २ करोड ६१ लाख क्षतिपूर्ति








