अन्ततः चुनावअघि नै महाधिवेशन गर्ने कांग्रेसको निर्णय
महाधिवेशन चुनाव अगाडि गर्ने कि पछाडि ? अनि नियमित महाविधेशन गर्ने कि विशेष ?
नेपाली कांग्रेसमा एक महिनादेखि यही गलफत्ती चलिरहेको थियो ।
त्यही कारण केन्द्रीय समितिको बैठक सरेको सर्यै थियो ।
सोमबार भने कांग्रेसले निर्णय गरेको छ । अब नियमित महाधिवेशन नै हुनेछ र चुनावअघि नै महाधिवेशन हुनेछ ।
मंसिर १५ गते बसेको कांग्रेस केन्द्रीय समितिको बैठकले पुसको २६ देखि २८ गतेसम्म महाधिवेशन गर्ने सर्वसम्मत निर्णय गरेको छ ।
कांग्रेसका सभापति शेरबहादुर देउवा पक्षका धेरै नेताहरु फागुन २१ गतेको चुनाव अगाडि महाधिवेशन गर्न सकिँदैन, वैशाखमा गर्नुपर्छ भन्ने पक्षमा थिए ।
तर महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्मासहितका नेताहरु भने चुनाव अगाडि नै मंसिरभित्रै वा पुसमा महाधिवेशन गर्नुपर्छ भन्ने पक्षमा थिए ।
कांग्रेसका विशेष महाधिवेशन माग गर्दै देशभरका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले कार्यबाहक सभापति पूर्णबहादुर खड्कालाई निवेदन दिइसकेका थिए । महामन्त्री थापा र शर्मा नियमित महाधिवेशन नभए विशेष महाधिवेशन गर्नुपर्छ भन्ने पक्षमा थिए ।
तर सभापति शेरबहादुर देउवाले विशेष महाधिवेशन नगर्ने बरु पु्सभित्रै महाधिवेशन गर्ने भनेपछि कार्यबाहक सभापति खड्काले पुस २६ देखि २८ गतेसम्म महाधिवेशन गर्ने कार्यतालिका पेश गरेका थिए ।
आज केन्द्रीय समितिले पारित गरेको कार्यतालिका यस्तो छ :
पुस १५ गते विदेशस्थित जनसम्पर्क समितिको अधिवेशन गर्ने
पुस १६ गते वडा अधिवेशन
पुस १७ गते गाउँपालिका/नगरपालिका अधिवेशन
पुस १९ गते प्रदेशसभा क्षेत्रीय अधिवेशन
पुस २१ गते प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन
पुस २२ गते जिल्ला अधिवेशन
पुस २३ र २४ गते प्रदेश अधिवेशन र
पुस २६, २७ र २८ गते महाधिवेशन ।
खोटाङमा हेलिकप्टर दुर्घटना, सबै जना सकुशल
जेनजी शहीदकी आमा सुदनलाई भेट्दा भावुक
सांसदले गाउँपालिकालाई निर्देशन दिन मिल्छ ?
नेपाली कम्युनिस्ट पार्टीको घोषणापत्रमा के छ ?
संसद बिघटनको मुद्दामा किन ढिलाइ ?

-1773931562.jpeg)
-1773930665.jpeg)


-1773656815.jpeg)

