यसै वर्ष राष्ट्रिय लिग र ए डिभिजन लिग गर्ने एन्फाको निर्णय
अखिल नेपाल फुटबल संघ (एन्फा) यसै वर्ष राष्ट्रिय लिग र ए डिभिजन लिग प्रतियोगिता गर्न तयार भएको छ ।
मंसिर १५ गते बसेको एन्फाको आपतकालीन बैठकले आउँदो पुस २५ गतेदेखि राष्ट्रिय लिग आयोजना गर्ने निर्णय गरेको छ ।
अनि राष्ट्रिय लिग सकिएको एक महिनापछि ए डिभिजन लिग सञ्चालन हुनेछ ।
राष्ट्रिय लिगमा यसअघिको ए डिभिजन लिगको सुपर सिक्समा रहेका ६ टिम र एन्फा प्रेसिडेन्ट लिगका उत्कृष्ट ४ टिम सहभागी हुने भनिएको थियो ।
तर एन्फाले राष्ट्रिय लिगमा ए डिभिजनका इच्छुक अरु टिमहरु पनि खेल्न पाउने निर्णय गरेको छ ।
एन्फाले क्लबहरुसँग राष्ट्रिय लिग गर्ने सहमति गरेपछि खेलाडीहरुले विरोध जनाएका थिए । उनीहरुले राष्ट्रिय लिगमा १० वटा मात्र टिम खेल्न पाउने हुँदा धेरै खेलाडी बेरोजगार हुने भन्दै विरोध गरेका थिए ।
कतिपय क्लबका पदाधिकारीहरुले पनि राष्ट्रिय लिगको सट्टा ए डिभिजन लिग नै खेलाउनुपर्ने बताएका थिए ।
अन्तिममा एन्फाले यसै वर्ष राष्ट्रिय लिग र ए डिभिजन लिग दुबै खेलाउने निर्णय गरेको महासचिव किरण राईले जानकारी दिए ।
नेपालमा २०८० जेठदेखि घरेलु फुटबल लिग हुन सकेको छैन । लामो समय लिग नहुँदा खेलाडीहरु बेरोजगार भएका छन् ।
एन्फाले आउँदो फागुनमा पोखरामा साफ महिला यु–१९ प्रतियोगिता आयोजना गर्ने निर्णय पनि गरेको छ ।

रोड्री कता जालान् : रियल मड्रिड कि वार्सिलोना ?
सेना नै रिसाउने गरी सांसद राजु पाण्डेले के गरे ?
अन्तत पक्राउ पर्यो गहना लुट्ने कर्मा तामाङको गिरोह
कस्तो हिमाल हो निम्सदाइको ज्यान लिएको ब्रोडपिक ?
राप्रपाले सरकारलाई भन्यो : साम्प्रदायिक विवादको दीर्घकालीन समाधान खोज






