नेभिगेशन
3 Minute

बन्ने भयो तीनकुने-जडिबुटी अन्डरपास र फ्लाइओभर

बन्ने भयो तीनकुने-जडिबुटी अन्डरपास र फ्लाइओभर

कोटेश्वरको जाम हटाउन तीनकुने र जडिबुटीमा अन्डरपास र फ्लाइओभर भन्न नेपालले जापानसँग ३१ अर्ब ७६ करोड रुपैयाँ ऋण लिएको छ ।

मंसिर १७ गते अर्थ मन्त्रालयमा ऋण सम्झौतामा हस्ताक्षर भएको छ । यो ऋण जापानी सहयोग नियोग जाइकामार्फत प्राप्त हुनेछ । यो ऋणको ग्रेस अवधि १० वर्ष छ र ऋण तिर्ने अवधि ३० वर्षको छ । ब्याजदर चाहिँ ०.२ प्रतिशत छ ।

यो रकमले सरकारले जडीबुटी–कोटेश्वर–तीनकुने खण्डमा २ वटा फ्लाइओभर र एउटा अन्डरपास बनाउनेछ । शान्तिनगरको बागमती पुलबाट तीनकुनेको मुनिभैरव मन्दिरसम्म फ्लाइओभर बन्नेछ । अनि मुनिभैरव मन्दिरदेखि जडिबुटीसम्म एयरपोर्ट मुनि अन्डरपास बन्नेछ । जडिबुटीबाट मनोहरा पुलसम्म अर्को फ्लाइओभर बन्नेछ ।

मंसिर १७ गते जाइकाको ऋण सहायतासँग सम्बन्धी एक्सचेन्ज नोट्समा अर्थ मन्त्रालयका सचिव डा. घनश्याम उपाध्याय र जापानी राजदूत मायदा तोरुले हस्ताक्षर गरेका छन् ।

सरकारले आर्थिक वर्ष २०७४/७५ को नीति तथा कार्यक्रममा कोटेश्वरदेखि जडिबुटीसम्म अन्डरपास बनाउने घोषणा गरेको थियो । तर, प्राविधिक रुपमा यसको टुंगो लाग्न ८ वर्ष लाग्यो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

नेपाल शो मल्टिमिडिया न्यूज पोर्टल हो । 

थप 3 Minute