बन्ने भयो तीनकुने-जडिबुटी अन्डरपास र फ्लाइओभर
बन्ने भयो तीनकुने-जडिबुटी अन्डरपास र फ्लाइओभर
कोटेश्वरको जाम हटाउन तीनकुने र जडिबुटीमा अन्डरपास र फ्लाइओभर भन्न नेपालले जापानसँग ३१ अर्ब ७६ करोड रुपैयाँ ऋण लिएको छ ।
मंसिर १७ गते अर्थ मन्त्रालयमा ऋण सम्झौतामा हस्ताक्षर भएको छ । यो ऋण जापानी सहयोग नियोग जाइकामार्फत प्राप्त हुनेछ । यो ऋणको ग्रेस अवधि १० वर्ष छ र ऋण तिर्ने अवधि ३० वर्षको छ । ब्याजदर चाहिँ ०.२ प्रतिशत छ ।
यो रकमले सरकारले जडीबुटी–कोटेश्वर–तीनकुने खण्डमा २ वटा फ्लाइओभर र एउटा अन्डरपास बनाउनेछ । शान्तिनगरको बागमती पुलबाट तीनकुनेको मुनिभैरव मन्दिरसम्म फ्लाइओभर बन्नेछ । अनि मुनिभैरव मन्दिरदेखि जडिबुटीसम्म एयरपोर्ट मुनि अन्डरपास बन्नेछ । जडिबुटीबाट मनोहरा पुलसम्म अर्को फ्लाइओभर बन्नेछ ।
मंसिर १७ गते जाइकाको ऋण सहायतासँग सम्बन्धी एक्सचेन्ज नोट्समा अर्थ मन्त्रालयका सचिव डा. घनश्याम उपाध्याय र जापानी राजदूत मायदा तोरुले हस्ताक्षर गरेका छन् ।
सरकारले आर्थिक वर्ष २०७४/७५ को नीति तथा कार्यक्रममा कोटेश्वरदेखि जडिबुटीसम्म अन्डरपास बनाउने घोषणा गरेको थियो । तर, प्राविधिक रुपमा यसको टुंगो लाग्न ८ वर्ष लाग्यो ।
रोड्री कता जालान् : रियल मड्रिड कि वार्सिलोना ?
सेना नै रिसाउने गरी सांसद राजु पाण्डेले के गरे ?
अन्तत पक्राउ पर्यो गहना लुट्ने कर्मा तामाङको गिरोह
कस्तो हिमाल हो निम्सदाइको ज्यान लिएको ब्रोडपिक ?
राप्रपाले सरकारलाई भन्यो : साम्प्रदायिक विवादको दीर्घकालीन समाधान खोज






