उज्यालो नेपाल पार्टीमा खुले कुलमान
विकास निर्माण र शासकीय सुधारको एजेण्डासहित कुलमान घिसिङको उज्यालो नेपाल पार्टी घोषणा भएको छ ।
निर्वाचन आयोगमा दर्ता भइसकेको उज्यालो नेपाल पार्टीको मंसिर १७ गते गरिएको घोषणा कार्यक्रममा मन्त्री कुलमान घिसिङ पनि सहभागी भए । कार्यक्रममा उज्यालो नेपाल पार्टीको एजेण्डाहरु पनि प्रस्तुत गरिएको छ ।
स्थानीय तहको चुनाव गैरदलीय हुने, प्रदेशमा प्रत्यक्ष निर्वाचित मूख्यमन्त्री हुने र मन्त्रिपरिषद ५ सदस्यीय उज्यालो नेपाल पार्टीको धारणा छ ।
अनि केन्द्रमा प्रधानमन्त्री निर्वाचित भइसकेपछि जुनसुकै अवस्थामा पनि संसदको आधा कार्यकालसम्म सरकार नढल्ने व्यवस्था गर्ने भनिएको छ ।
नागरिकको गास, बास, कपास, शिक्षा र स्वास्थ्यलाई राज्यको अनिवार्य दायित्व हुने उज्यालो नेपाल पार्टीको धारणा छ ।
जनसंख्या, भूगोल, पहिचान र सामथ्र्यका आधारमा प्रदेश र स्थानीय तहको संरचना र संख्या हेरफेर गर्ने पनि यो पार्टीको घोषणा छ । अनि समानुपातिक समावेशी प्रणाली सुनिश्चित हुने गरी निर्वाचन प्रणालीमा सुधार गर्ने र मन्त्रालयको संख्या पुनरावलोकन गर्ने भनिएको छ ।
ऐन कानुनलाई विकासमैत्री बनाउने र विकासका बाधक कानुनहरु खारेज गर्ने भनिएको छ ।
सरकार परिवर्तन भएपछि पुरानो सरकारले राजनीतिक नियुक्ति गरेका पद नयाँ सरकारले चाहेमा रिक्त हुने व्यवस्था गर्ने, सरकारले निजामती कर्मचारी बाहिरबाट पनि विज्ञ कर्मचारी नियुक्त गर्न पाउनुपर्ने उज्यालो नेपालको एजेण्डा छ ।
सरकारले न्यायालयलाई तर्साउन खोज्यो : नेपाल बार
पोखरा विमानस्थलमा पूर्वअर्थमन्त्री कार्कीविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौंका बाँकी सुकुम्बासी बस्तीमा वैशाख १८ गते डोजर
अर्थ मन्त्रालयका कर्मचारीले १५ दिनमै पाए तलब
दीपक भट्टको साझेदार बन्दा गयो सुदनको गृहमन्त्री पद


-1777651991.jpeg)

-1777978198.png)



