नेभिगेशन
3 Minute

उज्यालो नेपाल पार्टीमा खुले कुलमान

विकास निर्माण र शासकीय सुधारको एजेण्डासहित कुलमान घिसिङको उज्यालो नेपाल पार्टी घोषणा भएको छ ।

निर्वाचन आयोगमा दर्ता भइसकेको उज्यालो नेपाल पार्टीको मंसिर १७ गते गरिएको घोषणा कार्यक्रममा मन्त्री कुलमान घिसिङ पनि सहभागी भए । कार्यक्रममा उज्यालो नेपाल पार्टीको एजेण्डाहरु पनि प्रस्तुत गरिएको छ ।

स्थानीय तहको चुनाव गैरदलीय हुने, प्रदेशमा प्रत्यक्ष निर्वाचित मूख्यमन्त्री हुने र मन्त्रिपरिषद ५ सदस्यीय उज्यालो नेपाल पार्टीको धारणा छ ।

अनि केन्द्रमा प्रधानमन्त्री निर्वाचित भइसकेपछि जुनसुकै अवस्थामा पनि संसदको आधा कार्यकालसम्म सरकार नढल्ने व्यवस्था गर्ने भनिएको छ ।

नागरिकको गास, बास, कपास, शिक्षा र स्वास्थ्यलाई राज्यको अनिवार्य दायित्व हुने उज्यालो नेपाल पार्टीको धारणा छ ।

जनसंख्या, भूगोल, पहिचान र सामथ्र्यका आधारमा प्रदेश र स्थानीय तहको संरचना र संख्या हेरफेर गर्ने पनि यो पार्टीको घोषणा छ । अनि समानुपातिक समावेशी प्रणाली सुनिश्चित हुने गरी निर्वाचन प्रणालीमा सुधार गर्ने र मन्त्रालयको संख्या पुनरावलोकन गर्ने भनिएको छ ।

ऐन कानुनलाई विकासमैत्री बनाउने र विकासका बाधक कानुनहरु खारेज गर्ने भनिएको छ ।

सरकार परिवर्तन भएपछि पुरानो सरकारले राजनीतिक नियुक्ति गरेका पद नयाँ सरकारले चाहेमा रिक्त हुने व्यवस्था गर्ने, सरकारले निजामती कर्मचारी बाहिरबाट पनि विज्ञ कर्मचारी नियुक्त गर्न पाउनुपर्ने उज्यालो नेपालको एजेण्डा छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

नेपाल शो मल्टिमिडिया न्यूज पोर्टल हो । 

थप 3 Minute