नलिन्चोक हेलिप्याड प्रकरण, प्रदीप अधिकारीसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
अख्तियारले नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीविरुद्ध १३ करोड ५७ लाख रुपैयाँको भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
भक्तपुरको नलिन्चोकमा हेलिपोर्ट निर्माण गर्दा १३ करोड ५७ लाख रुपैयाँ भष्ट्राचार गरेको आरोपमा अख्तियारले उनीसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा लगाएको हो ।
काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चाप बढी भएको भन्दै नागरिक उड्डयन प्राधिकरणले भक्तपुरको नलिन्चोकमा हेलिपोर्ट बनाएको थियो ।
तर हेलिपोर्ट जस्तो संवेदनशील संरचना निर्माण गर्नु अगाडि अनिवार्य गर्नुपर्ने सम्भाव्यता अध्ययन, विज्ञसँगको परामर्श लिने जस्ता काम नगरेको अख्तियारको भनाइ छ ।
त्यस्तै सार्वजनिक खरिद ऐन अनुसार प्रक्रिया नपुर्याई बस्ती नजिकै हेलिपोर्ट बनाएको, हवाइ सुरक्षाको मापदण्ड पालना नगरेको र सरकारी रकम हानीनोक्सानी पुरर्याउने बदनियतले काम गरेको अख्तियारको आरोप छ ।
पछि नागरिक उड्डयन प्राधिकरणले गठन गरेको समितिले नजिकै घरहरु रहेको, सुरक्षाका पूर्वाधारहरु पनि नरहेको र जहाजमा जतिसुकै बेला खतरा हुन सक्ने प्रतिवेदन दिएको थियो । विभिन्न ११ वटा हेलिकप्टर अपरेटर कम्पनीका ४७ जना पाइलटले दुर्घटनाको जोखिम रहेको भन्दै निवेदन दिएका थिए । त्यसपछि त्यो हेलिपोर्ट नै प्रयोगमा आउन छाडेको थियो ।
यो मुद्दामा अख्तियारले नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक अधिकारीसँगै तत्कालिन निर्देशक मुरारी भण्डारी, हालका प्रबन्धक नलबिक्रम थापा, उपप्रबन्धक समृद्धि श्रेष्ठविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
त्यस्तै परामर्शदाता गुरुदत्त अधिकारी र अभियन्त्र कन्सल्टिङ प्रालिका सञ्चालक विजय थापाविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
आज अख्तियारले प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी र तत्कालिन निर्देशक मुरारी भण्डारीलाई पनि आरोपत्रसँगै विशेष अदालतमा पेश गरेको थियो । उनलाई विशेष अदालतले तारेखमा छाडेको छ ।
उखुको न्यूनतम मूल्य प्रतिक्वीन्टल ६२० रुपैयाँ
महेश बस्नेतको अगुवाइमा गुण्डुमा बन्दैछ ओली कुटी
नेपालमा १०० भारु भन्दा माथिका नोट पनि चलाउन भारतको अनुमति
उज्यालो नेपाल पार्टीमा खुले कुलमान



-1765351207.jpg)



