नलिन्चोक हेलिप्याड प्रकरण, प्रदीप अधिकारीसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
अख्तियारले नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीविरुद्ध १३ करोड ५७ लाख रुपैयाँको भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
भक्तपुरको नलिन्चोकमा हेलिपोर्ट निर्माण गर्दा १३ करोड ५७ लाख रुपैयाँ भष्ट्राचार गरेको आरोपमा अख्तियारले उनीसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा लगाएको हो ।
काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चाप बढी भएको भन्दै नागरिक उड्डयन प्राधिकरणले भक्तपुरको नलिन्चोकमा हेलिपोर्ट बनाएको थियो ।
तर हेलिपोर्ट जस्तो संवेदनशील संरचना निर्माण गर्नु अगाडि अनिवार्य गर्नुपर्ने सम्भाव्यता अध्ययन, विज्ञसँगको परामर्श लिने जस्ता काम नगरेको अख्तियारको भनाइ छ ।
त्यस्तै सार्वजनिक खरिद ऐन अनुसार प्रक्रिया नपुर्याई बस्ती नजिकै हेलिपोर्ट बनाएको, हवाइ सुरक्षाको मापदण्ड पालना नगरेको र सरकारी रकम हानीनोक्सानी पुरर्याउने बदनियतले काम गरेको अख्तियारको आरोप छ ।
पछि नागरिक उड्डयन प्राधिकरणले गठन गरेको समितिले नजिकै घरहरु रहेको, सुरक्षाका पूर्वाधारहरु पनि नरहेको र जहाजमा जतिसुकै बेला खतरा हुन सक्ने प्रतिवेदन दिएको थियो । विभिन्न ११ वटा हेलिकप्टर अपरेटर कम्पनीका ४७ जना पाइलटले दुर्घटनाको जोखिम रहेको भन्दै निवेदन दिएका थिए । त्यसपछि त्यो हेलिपोर्ट नै प्रयोगमा आउन छाडेको थियो ।
यो मुद्दामा अख्तियारले नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक अधिकारीसँगै तत्कालिन निर्देशक मुरारी भण्डारी, हालका प्रबन्धक नलबिक्रम थापा, उपप्रबन्धक समृद्धि श्रेष्ठविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
त्यस्तै परामर्शदाता गुरुदत्त अधिकारी र अभियन्त्र कन्सल्टिङ प्रालिका सञ्चालक विजय थापाविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
आज अख्तियारले प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी र तत्कालिन निर्देशक मुरारी भण्डारीलाई पनि आरोपत्रसँगै विशेष अदालतमा पेश गरेको थियो । उनलाई विशेष अदालतले तारेखमा छाडेको छ ।
रसुवा बाढीमा मृत्यु हुनेको संख्या १००० नाघ्यो
प्रधानमन्त्री राहत कोषमा सरकारी कर्मचारीको तलबबाट ३६ करोड
रसुवा बाढीमा ज्यान गुमाउनेको संख्या ३५९ पुग्यो
३३ वर्षको उमेरमा भारतीय क्रिकेट टिमबाट डेब्यू
कतार एयरवेजबाट नेपाली यात्रुले पाउने भइन् २ करोड ६१ लाख क्षतिपूर्ति








