नेपालमा १०० भारु भन्दा माथिका नोट पनि चलाउन भारतको अनुमति
अब २ सय र २ हजारको भारु नोट पनि नेपालमा चल्ने छ है ।
भारतले सन् २०१६ नोभेम्बरमा नोटबन्दी गरेपछि नेपालमा भारतको १०० र १०० भन्दा साना दरका नोट मात्र चलनचल्तीमा छ ।
तर एक हप्ताअघि भारतले आफ्नो विदेशी मुद्रासम्बन्धी विनियमावली संशोधन गरेपछि १०० भन्दा ठूला दरका भारु पनि चल्न बाटो खुलेको छ । भारतमा सय भन्दा ठूला दरका २०० र २ हजारको नोट चलनचल्तीमा छ ।
सन् २०१६ को नोभेम्बर ८ मा नोटबन्दी गरेपछि भारतले ५०० र १ हजारको नोट छापेको छैन ।
भारतले संशोधन गरेको मुद्रा विनियमावली अनुसार नेपाल र भुटान जानेले १०० रुपैयाँ भन्दा माथिको नोट २५ हजार रुपैयाँसम्म लैजान पाउनेछन् । यसको मतलब हो, नेपालमा १०० रुपैयाँ भन्दा माथिको भारु पनि लिएर जान पाइन्छ वा नेपाली बजारमा ती पैसा चल्छ ।
भारतले नोटबन्दी गरेपछि नेपाल सरकारले राजपत्रमा सूचना निकालेर नेपालमा भारतको १०० रुपैयाँ भन्दा बढी दरको नोट नचल्ने व्यवस्था गरेको थियो ।
राष्ट्र बैंकका प्रवक्ता गुरुप्रसाद पौडेलका अनुसार भारतको नयाँ नियमले नेपाललाई नै सजिलो हुनेछ । किनकी भारतमा रोजगारी गरेर फर्केकाहरुले र नेपाल घुम्न आउने भारतीय नागरिकले १०० रुपैयाँको नोट मात्र लिएर आउनुपर्थ्यो ।
त्यसो भए के अब भारतको २ सय र २ हजारको नोट पनि नेपालमा चल्छ त ?
त्यसका लागि भने केही समय पर्खिनुपर्छ ।
अब नेपाल सरकारले राजपत्रमा सूचना निकालेर १०० रुपैयाँ भन्दा बढी दरका नोट चल्ने व्यवस्था गर्नुपर्नेछ ।
अनि राष्ट्र बैंकले सबै बैंक तथा वित्तीय संस्थालाई परिपत्र गरेर १०० भन्दा बढी दरका नोटहरु पनि कारोबार गर्नू भनेर निर्देशन दिनुपर्छ ।
भारतले नोभेम्बर २८ अर्थात गत शुक्रबार मात्र विनियमावली संशोधन गरेको थियो । त्यसको जानकारी नेपाल राष्ट्र बैंकले भर्खरै पाएको छ ।
अब छिट्टै राजपत्रमा सूचना निकाल्ने र बैंकहरुलाई परिपत्र गरिने प्रवक्ता पौडेलको भनाइ छ ।
सरकारले न्यायालयलाई तर्साउन खोज्यो : नेपाल बार
पोखरा विमानस्थलमा पूर्वअर्थमन्त्री कार्कीविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौंका बाँकी सुकुम्बासी बस्तीमा वैशाख १८ गते डोजर
अर्थ मन्त्रालयका कर्मचारीले १५ दिनमै पाए तलब
दीपक भट्टको साझेदार बन्दा गयो सुदनको गृहमन्त्री पद


-1777651991.jpeg)

-1777978198.png)



