नेपालमा १०० भारु भन्दा माथिका नोट पनि चलाउन भारतको अनुमति
अब २ सय र २ हजारको भारु नोट पनि नेपालमा चल्ने छ है ।
भारतले सन् २०१६ नोभेम्बरमा नोटबन्दी गरेपछि नेपालमा भारतको १०० र १०० भन्दा साना दरका नोट मात्र चलनचल्तीमा छ ।
तर एक हप्ताअघि भारतले आफ्नो विदेशी मुद्रासम्बन्धी विनियमावली संशोधन गरेपछि १०० भन्दा ठूला दरका भारु पनि चल्न बाटो खुलेको छ । भारतमा सय भन्दा ठूला दरका २०० र २ हजारको नोट चलनचल्तीमा छ ।
सन् २०१६ को नोभेम्बर ८ मा नोटबन्दी गरेपछि भारतले ५०० र १ हजारको नोट छापेको छैन ।
भारतले संशोधन गरेको मुद्रा विनियमावली अनुसार नेपाल र भुटान जानेले १०० रुपैयाँ भन्दा माथिको नोट २५ हजार रुपैयाँसम्म लैजान पाउनेछन् । यसको मतलब हो, नेपालमा १०० रुपैयाँ भन्दा माथिको भारु पनि लिएर जान पाइन्छ वा नेपाली बजारमा ती पैसा चल्छ ।
भारतले नोटबन्दी गरेपछि नेपाल सरकारले राजपत्रमा सूचना निकालेर नेपालमा भारतको १०० रुपैयाँ भन्दा बढी दरको नोट नचल्ने व्यवस्था गरेको थियो ।
राष्ट्र बैंकका प्रवक्ता गुरुप्रसाद पौडेलका अनुसार भारतको नयाँ नियमले नेपाललाई नै सजिलो हुनेछ । किनकी भारतमा रोजगारी गरेर फर्केकाहरुले र नेपाल घुम्न आउने भारतीय नागरिकले १०० रुपैयाँको नोट मात्र लिएर आउनुपर्थ्यो ।
त्यसो भए के अब भारतको २ सय र २ हजारको नोट पनि नेपालमा चल्छ त ?
त्यसका लागि भने केही समय पर्खिनुपर्छ ।
अब नेपाल सरकारले राजपत्रमा सूचना निकालेर १०० रुपैयाँ भन्दा बढी दरका नोट चल्ने व्यवस्था गर्नुपर्नेछ ।
अनि राष्ट्र बैंकले सबै बैंक तथा वित्तीय संस्थालाई परिपत्र गरेर १०० भन्दा बढी दरका नोटहरु पनि कारोबार गर्नू भनेर निर्देशन दिनुपर्छ ।
भारतले नोभेम्बर २८ अर्थात गत शुक्रबार मात्र विनियमावली संशोधन गरेको थियो । त्यसको जानकारी नेपाल राष्ट्र बैंकले भर्खरै पाएको छ ।
अब छिट्टै राजपत्रमा सूचना निकाल्ने र बैंकहरुलाई परिपत्र गरिने प्रवक्ता पौडेलको भनाइ छ ।
उखुको न्यूनतम मूल्य प्रतिक्वीन्टल ६२० रुपैयाँ
महेश बस्नेतको अगुवाइमा गुण्डुमा बन्दैछ ओली कुटी
नलिन्चोक हेलिप्याड प्रकरण, प्रदीप अधिकारीसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
उज्यालो नेपाल पार्टीमा खुले कुलमान



-1765351207.jpg)



