नेभिगेशन
3 Minute

महेश बस्नेतको अगुवाइमा गुण्डुमा बन्दैछ ओली कुटी

महेश बस्नेतको अगुवाइमा एमाले अध्यक्ष केपी शर्मा ओलीको आफ्नै घर बन्ने भएको छ । सूर्यविनायक नगरपालिका–७ गुण्डुमा आज ओलीकी पत्नी राधिका शाक्यले घरको शिलान्यास गरेकी छन् ।

ओलीको बालकोटस्थित घर भदौ २४ गते आगजनी भएको थियो । भदौ २४ गते प्रधानमन्त्रीबाट राजीनामा दिएर ओली नेपाली सेनाको ब्यारेकमा बसेका बसेका थिए । ब्यारेकबाट बाहिर निस्केपछि ओलीलाई महेश बस्नेतले नै गुण्डुमा भाडाको घर खोजेर बस्ने व्यवस्था मिलाएका थिए । 

अहिले ओली बस्दै आएको घर नजिकै करिब १ रोपनी जग्गामा घर निर्माण सुरु गरेको छ । बस्नेतले आज घरको नक्सा र शिलान्यासको फोटो राख्दै अब तिब्र गतिमा निर्माण हुने बताएका छन् । उनले गुण्डुका बासिन्दाले सहयोग जुटाएर ओलीको घर बनाइदिने घोषणा गरेका छन् । 

ओलीले बालकोटस्थित घर आफूले ट्रष्टलाई दान गरिसकेकाले अब त्यसलाई पुनर्निर्माण नगर्ने बताइसकेका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

नेपाल शो मल्टिमिडिया न्यूज पोर्टल हो । 

थप 3 Minute