महेश बस्नेतको अगुवाइमा गुण्डुमा बन्दैछ ओली कुटी
महेश बस्नेतको अगुवाइमा एमाले अध्यक्ष केपी शर्मा ओलीको आफ्नै घर बन्ने भएको छ । सूर्यविनायक नगरपालिका–७ गुण्डुमा आज ओलीकी पत्नी राधिका शाक्यले घरको शिलान्यास गरेकी छन् ।
ओलीको बालकोटस्थित घर भदौ २४ गते आगजनी भएको थियो । भदौ २४ गते प्रधानमन्त्रीबाट राजीनामा दिएर ओली नेपाली सेनाको ब्यारेकमा बसेका बसेका थिए । ब्यारेकबाट बाहिर निस्केपछि ओलीलाई महेश बस्नेतले नै गुण्डुमा भाडाको घर खोजेर बस्ने व्यवस्था मिलाएका थिए ।
अहिले ओली बस्दै आएको घर नजिकै करिब १ रोपनी जग्गामा घर निर्माण सुरु गरेको छ । बस्नेतले आज घरको नक्सा र शिलान्यासको फोटो राख्दै अब तिब्र गतिमा निर्माण हुने बताएका छन् । उनले गुण्डुका बासिन्दाले सहयोग जुटाएर ओलीको घर बनाइदिने घोषणा गरेका छन् ।
ओलीले बालकोटस्थित घर आफूले ट्रष्टलाई दान गरिसकेकाले अब त्यसलाई पुनर्निर्माण नगर्ने बताइसकेका छन् ।
रोड्री कता जालान् : रियल मड्रिड कि वार्सिलोना ?
सेना नै रिसाउने गरी सांसद राजु पाण्डेले के गरे ?
अन्तत पक्राउ पर्यो गहना लुट्ने कर्मा तामाङको गिरोह
कस्तो हिमाल हो निम्सदाइको ज्यान लिएको ब्रोडपिक ?
राप्रपाले सरकारलाई भन्यो : साम्प्रदायिक विवादको दीर्घकालीन समाधान खोज






