ऊर्जामन्त्रीको दाबी : अब साँझमा लोडसेडिङ हुन्छ
अब साँझमा घरमै पनि लोडसेडिङ हुन्छ । बुधबार ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले राष्ट्रियसभा बैठकमा घोषणा नै गरे । अहिले नेपालको बिजुली नपुगेर भारतबाट ८३० मेगावाट बिजुली आयात भइरहेको भन्दै उनले अब साँझमा घरघरमा पनि लोडसेडिङ हुने दाबी गरेका हुन् ।
‘अहिले भर्खरै म यहाँ बसेर कुरा गर्दै गर्दा ८३० मेगावाट विद्युत भारतबाट आयात भइरहेको छ । हामीसँग पुग नपुग हजार मेगावाट विद्युत छ, अहिले साँझमा लोडसेडिङ घरमै पनि हुने अवस्था छ’, उनले भने ।
नेपालमा २०७५ सालमै लोडसेडिङ अन्त्यको घोषणा गरिएको थियो । तर मन्त्री खड्काले लोडसेडिङ अन्त्यको घोषणा गरेका बेला पनि लोडसेडिङ थियो भन्ने दाबी गर्छन् ।
विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ कसरी लोडसेडिङ नगर्ने भनेर लागिरहेका छन् विभागीय मन्त्री खड्काले भने खुलेआम लोडसेडिङ हुने घोषणा गरिदिए ।
‘हिजो लोडसेडिङ अन्त्यको घोषणा गर्दा पनि लोडसेडिङ थियो । खाली के गरिएको थियो भने घरमा बत्ती दिने काम गरिएको थियो, उद्योगमा धन्दामा कटौती गरिएको थियो, आज पनि त्यही छ’, उनको भनाइ छ ।
यतिबेला विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र सरकारबीचको सम्बन्ध राम्रो छैन । यही बेला भारतबाट रातिको समयमा बिजुली आउन बन्द भएको छ ।
कुलमान घिसिङले उपभोक्ताको घरमा कुनै हालतमा लोडसेडिङ नगर्ने भनेर कार्ययोजना बनाएका छन् । लाइन काट्नै परे डेडिकेटेड र ट्रंक लाइनको महसुल नतिर्ने उद्योगका काट्ने कुलमानको योजना छ । तर मन्त्री खड्का भने घरघरमै लोडसेडिङ हुने बताइरहेका छन् ।
मन्त्री खड्काका अनुसार अहिले वर्षामा नेपालमा ३५ सय मेवावाट बिजुली उत्पादन हुन्छ । तर, त्यो हिउँदमा १ हजार मेगावाटमा झर्छ । अहिले भइरहेको उत्पादनले बिजुलीको माग नधान्ने भन्दै उनले भारतबाट आयात भएको बिजुलीले माग धानिएको दाबी गरे ।
मन्त्री खड्काले प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई उज्यालोको नायक भनेकामा असन्तुष्टि पोखे । कुलमानको सट्टा भारत सरकार र निजी क्षेत्रलाई धन्यवाद भन्नुपर्ने मन्त्री खड्काको भनाइ छ ।
मन्त्री खड्काले प्राधिकरणको नाफामाथि पनि आशंका जनाउँदै डयुडेलिजेन्स अडिट (डीडीए गर्नपर्ने बताए । उनले महालेखाको प्रतिवेदनले नै प्राधिकरण घाटामा छ भनेको दाबी पनि गरे ।
सरकारले न्यायालयलाई तर्साउन खोज्यो : नेपाल बार
पोखरा विमानस्थलमा पूर्वअर्थमन्त्री कार्कीविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौंका बाँकी सुकुम्बासी बस्तीमा वैशाख १८ गते डोजर
अर्थ मन्त्रालयका कर्मचारीले १५ दिनमै पाए तलब
दीपक भट्टको साझेदार बन्दा गयो सुदनको गृहमन्त्री पद


-1777651991.jpeg)

-1777978198.png)



