ऊर्जामन्त्रीको दाबी : अब साँझमा लोडसेडिङ हुन्छ
अब साँझमा घरमै पनि लोडसेडिङ हुन्छ । बुधबार ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले राष्ट्रियसभा बैठकमा घोषणा नै गरे । अहिले नेपालको बिजुली नपुगेर भारतबाट ८३० मेगावाट बिजुली आयात भइरहेको भन्दै उनले अब साँझमा घरघरमा पनि लोडसेडिङ हुने दाबी गरेका हुन् ।
‘अहिले भर्खरै म यहाँ बसेर कुरा गर्दै गर्दा ८३० मेगावाट विद्युत भारतबाट आयात भइरहेको छ । हामीसँग पुग नपुग हजार मेगावाट विद्युत छ, अहिले साँझमा लोडसेडिङ घरमै पनि हुने अवस्था छ’, उनले भने ।
नेपालमा २०७५ सालमै लोडसेडिङ अन्त्यको घोषणा गरिएको थियो । तर मन्त्री खड्काले लोडसेडिङ अन्त्यको घोषणा गरेका बेला पनि लोडसेडिङ थियो भन्ने दाबी गर्छन् ।
विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ कसरी लोडसेडिङ नगर्ने भनेर लागिरहेका छन् विभागीय मन्त्री खड्काले भने खुलेआम लोडसेडिङ हुने घोषणा गरिदिए ।
‘हिजो लोडसेडिङ अन्त्यको घोषणा गर्दा पनि लोडसेडिङ थियो । खाली के गरिएको थियो भने घरमा बत्ती दिने काम गरिएको थियो, उद्योगमा धन्दामा कटौती गरिएको थियो, आज पनि त्यही छ’, उनको भनाइ छ ।
यतिबेला विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र सरकारबीचको सम्बन्ध राम्रो छैन । यही बेला भारतबाट रातिको समयमा बिजुली आउन बन्द भएको छ ।
कुलमान घिसिङले उपभोक्ताको घरमा कुनै हालतमा लोडसेडिङ नगर्ने भनेर कार्ययोजना बनाएका छन् । लाइन काट्नै परे डेडिकेटेड र ट्रंक लाइनको महसुल नतिर्ने उद्योगका काट्ने कुलमानको योजना छ । तर मन्त्री खड्का भने घरघरमै लोडसेडिङ हुने बताइरहेका छन् ।
मन्त्री खड्काका अनुसार अहिले वर्षामा नेपालमा ३५ सय मेवावाट बिजुली उत्पादन हुन्छ । तर, त्यो हिउँदमा १ हजार मेगावाटमा झर्छ । अहिले भइरहेको उत्पादनले बिजुलीको माग नधान्ने भन्दै उनले भारतबाट आयात भएको बिजुलीले माग धानिएको दाबी गरे ।
मन्त्री खड्काले प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई उज्यालोको नायक भनेकामा असन्तुष्टि पोखे । कुलमानको सट्टा भारत सरकार र निजी क्षेत्रलाई धन्यवाद भन्नुपर्ने मन्त्री खड्काको भनाइ छ ।
मन्त्री खड्काले प्राधिकरणको नाफामाथि पनि आशंका जनाउँदै डयुडेलिजेन्स अडिट (डीडीए गर्नपर्ने बताए । उनले महालेखाको प्रतिवेदनले नै प्राधिकरण घाटामा छ भनेको दाबी पनि गरे ।
                                                    रातमा विपि राजमार्ग बन्द, प्रशासनले के भन्यो ?
                                                    को हुन् मजदुर आन्दोलनमा बोल्दा बोल्दै ढलेर बितेका कमल ?
                                                    रास्वपाले नेपाली राजनीतिमा ठूलो गुन लगाएको छ
                                                    Rapid Fire with Yuvraj : राशिद खान कि सन्दीप लामिछाने?
                                                    मन्त्रिपरिषद्को निर्णयले क-कसको सुविधा खोसियो ?
                                                    
                    
-1761836913.jpg)




-1762094516.jpg)


