नेभिगेशन
3 Minute

उखुको न्यूनतम मूल्य प्रतिक्वीन्टल ६२० रुपैयाँ

सरकारले उखुको न्यूनतम खरिद मूल्य प्रतिक्वीन्टल ६२० रुपैयाँ तोकेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले गत वर्ष भन्दा क्वीन्टलमा ३५ रुपैयाँ बढी मूल्य निर्धारण गरेको हो । 

सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलका अनुसार त्यो मूल्यमा सरकारका तर्फबाट प्रतिक्वीन्टल ७० रुपैयाँ अनुदान हुनेछ । 

सोमबारको मन्त्रिपरिषद बैठकले २०८१ चैत १५ गते तीनकुनेमा जलेर मृत्यु भएका सुरेश रजकलाई राज्यको तर्फबाट शहीद घोषणा गर्ने निर्णय गरेको छ । 

त्यस्तै भदौ २३ र २४ गतेको जेनजी प्रदर्शन र आन्दोलनमा घाइते भएका व्यक्तिलाई राहत दिने कार्यवित्रि पनि मन्त्रिपरिषदले स्वीकृत गरेको छ । 

सरकारले इलाम, कास्की, चिवतन, झापा नवलपरासी पूर्व, नवलपरासी पश्चिम, पर्वत, मोरङ र सुनसरीका ९४ हजार ५२७ गरिब परिवारको सूची स्वीकृत गरेको छ । 

त्यस्तै सहसचिव राजेन्द्रकुमार पौडेललाई सचिवमा बढुवा गर्ने निर्णय पनि भएको छ । 

जेनजी घाइतेहरुको शिक्षा, स्वास्थ्य र रोजगारीको व्यवस्था मिलाउने निर्णय पनि भएको मन्त्री खरेलले जानकारी दिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

नेपाल शो मल्टिमिडिया न्यूज पोर्टल हो । 

थप 3 Minute