उखुको न्यूनतम मूल्य प्रतिक्वीन्टल ६२० रुपैयाँ
सरकारले उखुको न्यूनतम खरिद मूल्य प्रतिक्वीन्टल ६२० रुपैयाँ तोकेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले गत वर्ष भन्दा क्वीन्टलमा ३५ रुपैयाँ बढी मूल्य निर्धारण गरेको हो ।
सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलका अनुसार त्यो मूल्यमा सरकारका तर्फबाट प्रतिक्वीन्टल ७० रुपैयाँ अनुदान हुनेछ ।
सोमबारको मन्त्रिपरिषद बैठकले २०८१ चैत १५ गते तीनकुनेमा जलेर मृत्यु भएका सुरेश रजकलाई राज्यको तर्फबाट शहीद घोषणा गर्ने निर्णय गरेको छ ।
त्यस्तै भदौ २३ र २४ गतेको जेनजी प्रदर्शन र आन्दोलनमा घाइते भएका व्यक्तिलाई राहत दिने कार्यवित्रि पनि मन्त्रिपरिषदले स्वीकृत गरेको छ ।
सरकारले इलाम, कास्की, चिवतन, झापा नवलपरासी पूर्व, नवलपरासी पश्चिम, पर्वत, मोरङ र सुनसरीका ९४ हजार ५२७ गरिब परिवारको सूची स्वीकृत गरेको छ ।
त्यस्तै सहसचिव राजेन्द्रकुमार पौडेललाई सचिवमा बढुवा गर्ने निर्णय पनि भएको छ ।
जेनजी घाइतेहरुको शिक्षा, स्वास्थ्य र रोजगारीको व्यवस्था मिलाउने निर्णय पनि भएको मन्त्री खरेलले जानकारी दिए ।
रसुवा बाढीमा मृत्यु हुनेको संख्या १००० नाघ्यो
प्रधानमन्त्री राहत कोषमा सरकारी कर्मचारीको तलबबाट ३६ करोड
रसुवा बाढीमा ज्यान गुमाउनेको संख्या ३५९ पुग्यो
३३ वर्षको उमेरमा भारतीय क्रिकेट टिमबाट डेब्यू
कतार एयरवेजबाट नेपाली यात्रुले पाउने भइन् २ करोड ६१ लाख क्षतिपूर्ति








