नेभिगेशन
कर्पोरेट

धितो लिलामीमा ऋणीको पक्षमा राष्ट्र बैंकको निर्देशन

बैंकको धितो लिलाम प्रक्रियामा नयाँ व्यवस्था आयो है !

अब बैंकहरुले धितोमा रहेको सम्पत्ति ऋणको साँवा र ब्याज नतिरेको भनेरै एउटै सूचनाका भरमा हडप्न नपाउने भएका छन् । 

अब बैंकहरुले एकपटक मात्रै लिलाम प्रक्रिया पूरा गरेर धितो सकार्न नपाउने भएका हुन् । नेपाल राष्ट्र बैंकले नयाँ व्यवस्था गर्दै धितो सकार्ने व्यवस्था थप कसिलो बनाएको छm जसले अप्ठेरमा परेका ऋणीलाई केही राहत मिल्ने छ । 

अहिले बैंकहरुले प्रक्रियाको लागि मात्रै एकपटक धितो लिलाम गर्ने र त्यसपछि आफैंले सकार्ने गर्दै आएका छन् । यसले गर्दा ऋणीहरुले ऋण सकार्ने मौका नपाउने अवस्था समेत बन्ने गरेको छ  । 

अब बैंक तथा वित्तीय संस्थाले धितो सकार्दा ३ पटकसम्म धितो बिक्री प्रक्रिया पूरा गर्नुपर्ने छ ।  बैंकहरुले कर्जा असुली नभए ऋणीले राखेर धितो बेचबिखन गरेर बाँकी साँवा र ब्याज उठाउन  पाउँछन् । यसमै टेकेर बैंकहरुले एक पटक धितो विक्रीको सूचना निकाल्ने र त्यसपछि आफैंले व्यवस्थापन गर्ने गर्दै आएका छन् । 

अब भने एकपटक मात्रै सूचना निकालेर पुग्ने छैन । अब बैंकले धितो सकार्दा धितोको प्रचलित बजार मूल्य वा धितो सकार गर्नुभन्दा अघिल्लो दिनसम्मको सम्पूर्ण लेना रकममध्ये जुन कम हुन्छ, सोही मूल्यमा मूल्यांकन गर्नुपर्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ । 

यदि धितोको बजार मूल्य कर्जाको लेना रकमभन्दा कम भए कम भएजति रकम सोही आर्थिक वर्ष नाफा/नोक्सान हिसाबमा खर्च लेख्नुपर्ने छ । यसरी मूल्यांकन गर्दा त्यस्तो गैरबैंकिङ सम्पत्तिबापत रकम सम्पूर्ण रूपमा हिसाब मिलान नभएसम्म लेना रकममध्ये ब्याज रकमलाई नाफा/नोक्सान हिसाबमा आम्दानी जनाउन पाइने छैन । त्यस्तो रकमलाई गैरबैंकिङ सम्पत्ति बापत नोक्सानी व्यवस्था अर्थात् प्रोभिजनिङमा सार्नुपर्ने छ । 

राष्ट्र बैंकको यो व्यवस्थाले ऋण तिर्न नसकेकाहरुले ऋण तिर्न केही समय पाउनेछन् । अनि बैंकहरुले अरुको धितो हत्याउने नियतले गर्ने चलखेल समेत कम हुनेछ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

नेपाल शो मल्टिमिडिया न्यूज पोर्टल हो । 

थप कर्पोरेट