धितो लिलामीमा ऋणीको पक्षमा राष्ट्र बैंकको निर्देशन
बैंकको धितो लिलाम प्रक्रियामा नयाँ व्यवस्था आयो है !
अब बैंकहरुले धितोमा रहेको सम्पत्ति ऋणको साँवा र ब्याज नतिरेको भनेरै एउटै सूचनाका भरमा हडप्न नपाउने भएका छन् ।
अब बैंकहरुले एकपटक मात्रै लिलाम प्रक्रिया पूरा गरेर धितो सकार्न नपाउने भएका हुन् । नेपाल राष्ट्र बैंकले नयाँ व्यवस्था गर्दै धितो सकार्ने व्यवस्था थप कसिलो बनाएको छm जसले अप्ठेरमा परेका ऋणीलाई केही राहत मिल्ने छ ।
अहिले बैंकहरुले प्रक्रियाको लागि मात्रै एकपटक धितो लिलाम गर्ने र त्यसपछि आफैंले सकार्ने गर्दै आएका छन् । यसले गर्दा ऋणीहरुले ऋण सकार्ने मौका नपाउने अवस्था समेत बन्ने गरेको छ ।
अब बैंक तथा वित्तीय संस्थाले धितो सकार्दा ३ पटकसम्म धितो बिक्री प्रक्रिया पूरा गर्नुपर्ने छ । बैंकहरुले कर्जा असुली नभए ऋणीले राखेर धितो बेचबिखन गरेर बाँकी साँवा र ब्याज उठाउन पाउँछन् । यसमै टेकेर बैंकहरुले एक पटक धितो विक्रीको सूचना निकाल्ने र त्यसपछि आफैंले व्यवस्थापन गर्ने गर्दै आएका छन् ।
अब भने एकपटक मात्रै सूचना निकालेर पुग्ने छैन । अब बैंकले धितो सकार्दा धितोको प्रचलित बजार मूल्य वा धितो सकार गर्नुभन्दा अघिल्लो दिनसम्मको सम्पूर्ण लेना रकममध्ये जुन कम हुन्छ, सोही मूल्यमा मूल्यांकन गर्नुपर्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ ।
यदि धितोको बजार मूल्य कर्जाको लेना रकमभन्दा कम भए कम भएजति रकम सोही आर्थिक वर्ष नाफा/नोक्सान हिसाबमा खर्च लेख्नुपर्ने छ । यसरी मूल्यांकन गर्दा त्यस्तो गैरबैंकिङ सम्पत्तिबापत रकम सम्पूर्ण रूपमा हिसाब मिलान नभएसम्म लेना रकममध्ये ब्याज रकमलाई नाफा/नोक्सान हिसाबमा आम्दानी जनाउन पाइने छैन । त्यस्तो रकमलाई गैरबैंकिङ सम्पत्ति बापत नोक्सानी व्यवस्था अर्थात् प्रोभिजनिङमा सार्नुपर्ने छ ।
राष्ट्र बैंकको यो व्यवस्थाले ऋण तिर्न नसकेकाहरुले ऋण तिर्न केही समय पाउनेछन् । अनि बैंकहरुले अरुको धितो हत्याउने नियतले गर्ने चलखेल समेत कम हुनेछ ।
अल्टिमाले ल्याउँदैछ नयाँ हेडफोन, अफरमा १९ रुपैयाँमै पाइने
महालक्ष्मी विकास बैंकलाई राइजिङ स्टार ग्रोथ अवार्ड
ग्लोबल आइएमई बैंकको खाता नागरिक एपबाटै खोल्नुस्
देशैभरि आधिकारिक बिक्रेता राख्दै अल्टिमा, उत्कृष्टलाई पुरस्कार
महालक्ष्मीको सीएसआर अन्तर्गत विभिन्न विद्यालयलाई सहयोग








