मिरजको नयाँ माग सर्वपक्षीय सरकार
जेनजी अभियन्ता मिरज ढुङ्गानाले फेरि अर्को माग राखेका छन्, सर्वपक्षीय सरकार गठन ।
प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्था नभएसम्म चुनावमा जान्नौं भन्दै आएका मिरजले आइतबार नयाँ माग अघि सारेका छन्– सर्वपक्षीय सरकार ।
आइतबार आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘अब सर्वपक्षीय सरकार गठन होस् । आजको आवश्यकता त्यस्तो राजनीतिक नेतृत्व हो, जसले सबै पक्षलाई विश्वासमा लिन सक्छ र देशलाई निकास दिन सक्छ ।’
मिरजले यो पनि भने कि, सुशीला कार्की नेतृत्वको सरकारले जेनजी आन्दोलनको मर्म बोक्न सकेन ।
गठन भएको १०० दिन पूरा भइसक्दा पनि सरकारले आन्दोलनको मागअनुसार काम गर्न नसकेको, समस्याको निकास दिन असफल भएको र समग्रमा सरकार नै असफल भएको उनको दाबी छ ।
आन्दोलनको म्यान्डेट चुनाव मात्र हो र ? भन्दै उनले जेनजीले आफ्नो माग पूरा गर्न दल खोलेर चुनावमा दुई तिहाइ बहुमत नै ल्याउनुपर्ने हो भन्ने प्रश्न गरे ।
मिरज नेतृत्वको संयुक्त जेनजी आन्दोलनाले सोमबारदेखि शान्तिपूर्ण आन्दोलन गर्ने घोषणा गरेको छ ।
रोड्री कता जालान् : रियल मड्रिड कि वार्सिलोना ?
सेना नै रिसाउने गरी सांसद राजु पाण्डेले के गरे ?
अन्तत पक्राउ पर्यो गहना लुट्ने कर्मा तामाङको गिरोह
कस्तो हिमाल हो निम्सदाइको ज्यान लिएको ब्रोडपिक ?
राप्रपाले सरकारलाई भन्यो : साम्प्रदायिक विवादको दीर्घकालीन समाधान खोज






