मिरजको नयाँ माग सर्वपक्षीय सरकार
जेनजी अभियन्ता मिरज ढुङ्गानाले फेरि अर्को माग राखेका छन्, सर्वपक्षीय सरकार गठन ।
प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्था नभएसम्म चुनावमा जान्नौं भन्दै आएका मिरजले आइतबार नयाँ माग अघि सारेका छन्– सर्वपक्षीय सरकार ।
आइतबार आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘अब सर्वपक्षीय सरकार गठन होस् । आजको आवश्यकता त्यस्तो राजनीतिक नेतृत्व हो, जसले सबै पक्षलाई विश्वासमा लिन सक्छ र देशलाई निकास दिन सक्छ ।’
मिरजले यो पनि भने कि, सुशीला कार्की नेतृत्वको सरकारले जेनजी आन्दोलनको मर्म बोक्न सकेन ।
गठन भएको १०० दिन पूरा भइसक्दा पनि सरकारले आन्दोलनको मागअनुसार काम गर्न नसकेको, समस्याको निकास दिन असफल भएको र समग्रमा सरकार नै असफल भएको उनको दाबी छ ।
आन्दोलनको म्यान्डेट चुनाव मात्र हो र ? भन्दै उनले जेनजीले आफ्नो माग पूरा गर्न दल खोलेर चुनावमा दुई तिहाइ बहुमत नै ल्याउनुपर्ने हो भन्ने प्रश्न गरे ।
मिरज नेतृत्वको संयुक्त जेनजी आन्दोलनाले सोमबारदेखि शान्तिपूर्ण आन्दोलन गर्ने घोषणा गरेको छ ।
सिमलतालमा पहिरोमा बगेको बस डेढ वर्षपछि भेटियो
काठमाडौंमा पाकेटमारीका २ ठूला घटना, ४ जना पक्राउ
१ लाख ३३ हजार निर्वाचन प्रहरी माग, कति हुन्छ तलब ?
स्वर्णिमलाई रविले भने : डा. साब बजेट लेख्न थाल्नुस्
मन्त्री क्वार्टरमै घुस डिल प्रकरणमा पूर्वमन्त्री राजकुमार गुप्ता थुनामा




-1767872172.jpg)
