विद्यार्थी नेता हत्यापछि बाङ्लादेश फेरि अशान्त
आन्दोलनकारी नेता शरीफ उस्मान हादीको हत्यापछि बाङ्लादेशमा फेरि प्रदर्शन चर्किएको छ । उनको हत्यामा संलग्नलाई पक्राउ गर्न इन्कलाब मञ्चले सरकारलाई २४ घण्टे अल्टिमेटम दिएको छ ।
बाङ्लादेशमा गत वर्ष भएको विद्यार्थी आन्दोलनका एक जना नेता उस्मान हादी हाल इन्कलाब मञ्च नामक नयाँ पार्टीको प्रवक्ता थिए । मञ्चले २४ घण्टाभित्र हादीको हत्यामा संलग्नलाई पक्राउ नगरे गृहमन्त्री र अन्तरिम सरकार प्रमुखका सहायक खुदा बख्श चौधरीले राजीनामा दिनुपर्ने माग गरेको छ ।
उस्मान हादीले बाङ्लादेशमा भारतको मुख्य आलोचकको छवि बनाएका थिए । आउँदो फेब्रुअरीमा हुने भनिएको चुनावमा उनले राजधानी ढाको क्षेत्र नम्बर ८ बाट उम्मेदवारी घोषणा गरेका थिए ।
डिसेम्बर १२ मा उनीमाथि गोली प्रहार भएको थियो । मोटरसाइकलमा आएका दुई जनाले उनको टाउकोमा गोली प्रहार गरेका थिए । गम्भीर घाइते भएका हादीको उपचारकै क्रममा गत बिहीबार सिंगापुरमा मृत्यु भएको थियो ।
हादीको हत्या पछि देशभर आक्रोश फैलिएको छ भने केही स्थानमा हिंसात्मक गतिविधिसमेत भएका छन् । यो घटनाले बंगलादेश–भारत सम्बन्धमा थप असर पर्ने देखिएको छ ।
रसुवा बाढीमा मृत्यु हुनेको संख्या १००० नाघ्यो
प्रधानमन्त्री राहत कोषमा सरकारी कर्मचारीको तलबबाट ३६ करोड
रसुवा बाढीमा ज्यान गुमाउनेको संख्या ३५९ पुग्यो
३३ वर्षको उमेरमा भारतीय क्रिकेट टिमबाट डेब्यू
कतार एयरवेजबाट नेपाली यात्रुले पाउने भइन् २ करोड ६१ लाख क्षतिपूर्ति








