विद्यार्थी नेता हत्यापछि बाङ्लादेश फेरि अशान्त
आन्दोलनकारी नेता शरीफ उस्मान हादीको हत्यापछि बाङ्लादेशमा फेरि प्रदर्शन चर्किएको छ । उनको हत्यामा संलग्नलाई पक्राउ गर्न इन्कलाब मञ्चले सरकारलाई २४ घण्टे अल्टिमेटम दिएको छ ।
बाङ्लादेशमा गत वर्ष भएको विद्यार्थी आन्दोलनका एक जना नेता उस्मान हादी हाल इन्कलाब मञ्च नामक नयाँ पार्टीको प्रवक्ता थिए । मञ्चले २४ घण्टाभित्र हादीको हत्यामा संलग्नलाई पक्राउ नगरे गृहमन्त्री र अन्तरिम सरकार प्रमुखका सहायक खुदा बख्श चौधरीले राजीनामा दिनुपर्ने माग गरेको छ ।
उस्मान हादीले बाङ्लादेशमा भारतको मुख्य आलोचकको छवि बनाएका थिए । आउँदो फेब्रुअरीमा हुने भनिएको चुनावमा उनले राजधानी ढाको क्षेत्र नम्बर ८ बाट उम्मेदवारी घोषणा गरेका थिए ।
डिसेम्बर १२ मा उनीमाथि गोली प्रहार भएको थियो । मोटरसाइकलमा आएका दुई जनाले उनको टाउकोमा गोली प्रहार गरेका थिए । गम्भीर घाइते भएका हादीको उपचारकै क्रममा गत बिहीबार सिंगापुरमा मृत्यु भएको थियो ।
हादीको हत्या पछि देशभर आक्रोश फैलिएको छ भने केही स्थानमा हिंसात्मक गतिविधिसमेत भएका छन् । यो घटनाले बंगलादेश–भारत सम्बन्धमा थप असर पर्ने देखिएको छ ।
सिमलतालमा पहिरोमा बगेको बस डेढ वर्षपछि भेटियो
काठमाडौंमा पाकेटमारीका २ ठूला घटना, ४ जना पक्राउ
१ लाख ३३ हजार निर्वाचन प्रहरी माग, कति हुन्छ तलब ?
स्वर्णिमलाई रविले भने : डा. साब बजेट लेख्न थाल्नुस्
मन्त्री क्वार्टरमै घुस डिल प्रकरणमा पूर्वमन्त्री राजकुमार गुप्ता थुनामा




-1767872172.jpg)
