Podcasts
एमालेमा आन्तरिक लोकतन्त्र फर्कायौं, त्यसमै सन्तोष छ
- लामो समय पार्टी सत्ता उहाँहरुले परिचालन गरेको सन्दर्भमा प्रतिनिधिहरुको उपस्थिति कमजोर हुन्छ भन्ने हामीले अनुमान गरेका थियौं । तर पनि पार्टीभित्रको आन्तरिक जनवादलाई बलियो बनाउन र पार्टीलाई पुनः लोकतन्त्रमा आन्तरिक लोकतन्त्रमा फर्काउन पार्टीभित्र विभिन्न विचारहरु प्रतिविम्बित हुन पाउनुपर्छ । प्रतिनिधिहरु सार्वभौम छन् प्रतिनिधिले महाधिवेशनमा फैसला लिन पाउनुपर्छ भन्नेस्थापित गर्ने उद्देश्यका साथ हामीले उम्मेदवार दिएका हौं ।
- हाम्रा नीतिहरु कार्यक्रमहरुलाई जनताको बहुदलीय जनवादले मार्दर्शन गरेको छ । यसमा धेरै अन्तर छैन तर भदौ २३/२४ पछाडी मुलुकमा जुन परिस्थिति उत्पन्न भएको छ । यो परिस्थितिलाई बुझने, यसको कारण खोज्ने, विगतका कतिपय हाम्रा काम कारबाहीहरुलाई समीक्षा गर्ने र आउदा दिनहरुमा युवाहरुको अपेक्षा जनताको चाहनालाई सम्बोधन गर्ने गरि कतिपय पक्षहरुमा सुधार गरेर जाने सन्दर्भमा हाम्रा आफ्ना भनाइ थिए, आफ्ना सोचहरु थिए ।
- प्यानलगत चुनावमा एउटा कमजोर परिस्थितिको बिचमा पनि महाधिवेशन प्रतिनिधिहरुले म, योगेश भट्टराई लगायतका कमरेडहरुलाई निर्वाचित गर्नुभएको छ । यो परिणामलाइ मिश्रित नै भन्नुपर्छ ।
- हामीले पार्टीलाई सामूहिकतामा संचालन गरिनुपर्छ । पार्टीभित्र पर्याप्त मात्रामा छलफल बहस विचारहरुको प्रतिविम्बित हुने अवसर प्रदान गर्नुपर्छ । पार्टीलाई विधिमा आधारित भएर चलाइएन भने पार्टी अराजकतातिर जान्छ भन्ने कुरा हामीले उठाएका थियौं । यसलाई निर्वाचित नेतृत्वले आत्मसात गरेर अगाडि जाँदा नै पार्टीलाई बलियो बनाउने, एकताबद्ध गर्ने र जनताका अपेक्षाहरुलाई सम्बोधन गर्ने अवस्था उत्पन्न हुन्छ ।
प्रकाशित मिति:
मंगलबार, पुस ८, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
Podcasts
त्रिशूली किनारका बचेका बस्ती किन छन् झनै ठूलो जोखिममा ?
आइतबार, असोज ४, २०८३
'गाउँ-गाउँका युवा परे, कतिको त जलाउने मान्छे समेत बचेनन्'
मंगलबार, भदौ १६, २०८३
नेपालले बनाउनैपर्ने पूर्वाधार काठमाडौं-रक्सौल रेलमार्ग हो
शुक्रबार, भदौ १२, २०८३
बेलायतले माफी माग्नुपर्छ, गोर्खा भर्ती बन्द गर्नुहुन्न
शुक्रबार, भदौ १२, २०८३
देउवाको शक्ति सकिएको छैन, समस्या इगो मात्र हो
बुधबार, साउन २०, २०८३
शंकर–विद्या जो आएपनि हुन्छ, ओलीले छाड्नैपर्छ
शनिबार, साउन २, २०८३
ट्रेन्डिङ








