मन्त्री क्वार्टरमै घुस डिल प्रकरणमा पूर्वमन्त्री राजकुमार गुप्ता थुनामा
विशेष अदालतले केपी शर्मा ओली सरकारका सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ता भ्रष्टाचार मुद्दामा पुर्पक्षका लागि थुनामा पठाएको छ ।
गुप्तामाथि पोखरा बाटुलेचौरको ३ कित्ता जग्गा हकवालाको नाममा नामसारी गर्न विचौलियासँग मिलेर ७८ लाख रुपैयाँ घुस लिएको आरोप थियो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले असोज २२ गते पूर्व सामान्य प्रशासनमन्त्री गुप्ता, पूर्व भूमिसुधारमन्त्री रञ्जिता श्रेष्ठ र कास्तीका तत्कालिन मालपोत अधिकृतसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको थियो ।
अदालतमा मुद्दा परे पनि गुप्ता फरार थिए । विशेष अदालतका प्रवक्ता कृष्णशरण लामिछानेका अनुसार पुस १६ गते गुप्ता विशेष अदालतमा हाजिर भएका थिए ।
आजै विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट र सदस्यहरु डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासमा उनको मुद्दा सुनुवाइ भएको थियो ।
मुद्दा सुनुवाइपछि गुप्तालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको विशेष अदालतका प्रवक्ता कृष्णशरण लामिछानेले जानकारी दिए । यो मुद्दामा अरु ७ जना भने अहिलेसम्म अदालतमा हाजिर भएका छैनन् ।
रोड्री कता जालान् : रियल मड्रिड कि वार्सिलोना ?
सेना नै रिसाउने गरी सांसद राजु पाण्डेले के गरे ?
अन्तत पक्राउ पर्यो गहना लुट्ने कर्मा तामाङको गिरोह
कस्तो हिमाल हो निम्सदाइको ज्यान लिएको ब्रोडपिक ?
राप्रपाले सरकारलाई भन्यो : साम्प्रदायिक विवादको दीर्घकालीन समाधान खोज






