रास्वपाको समानुपातिक सूचीमा सेलिब्रिटी नै सेलिब्रिटी
फागुन २१ गतेको चुनावका लागि दलहरुले समानुपातिक तर्फको उम्मेदवार सूची तयार पारे ।
पुस १४ गते दलहरुले निर्वाचन आयोगमा बुझाएको सूचीमध्ये राष्ट्रिय स्वतन्त्र पार्टीको सूचीले विशेष चर्चा पाएको छ । किनकी रास्वपाको सूचीमा
दलका नेता मात्र छैनन्, विभिन्न क्षेत्रका सेलिब्रिटीहरु पनि छन् ।
रास्वपाले बुझाएको ११० जना उम्मेदवारको सूचीमा १५–२० जना त आआफ्नो विधामा ख्याती कमाएका पब्लिक फेसहरु छन् ।
रास्वपाले नेपाली क्रिकेट टिमका पूर्वकप्तान ज्ञानेन्द्र मल्ल, पूर्व मिस नेपाल अनुष्का श्रेष्ठ, गायिका त्रिशाला गुरुङ, गायक प्रकाश सपुतलाई समानुपातिक सूचीमा राखेको छ ।
त्यस्तै गायिका सत्यकला राई, गोल्डस्टार सुजकी कार्यकारी निर्देशक विदूषी राणा, व्यवसायी चन्द्र ढकालका छोरा सचिन ढकाल पनि रास्वपाको समानुपातिक सूचीमा अटाएका छन् ।
जेनजी आन्दोलनका घाइते फुटबल खेलाडी पवन शाही, चमार समुदायका पहिलो डाक्टर रामजीराम, अभिनेत्री रिमा विश्वकर्मा, अभिनेता आसिफ शाहलाई पनि रास्वपाले समानुपातिक सूचीमा राखेको छ ।
जेनजी अभियन्ता पुरुषोत्तम यादव, मानव अधिकारकर्मी मोहना अन्सारी पनि रास्वपाको समानुपातिक सूचीमा रहेका छन् ।
रोड्री कता जालान् : रियल मड्रिड कि वार्सिलोना ?
सेना नै रिसाउने गरी सांसद राजु पाण्डेले के गरे ?
अन्तत पक्राउ पर्यो गहना लुट्ने कर्मा तामाङको गिरोह
कस्तो हिमाल हो निम्सदाइको ज्यान लिएको ब्रोडपिक ?
राप्रपाले सरकारलाई भन्यो : साम्प्रदायिक विवादको दीर्घकालीन समाधान खोज






