नेभिगेशन
3 Minute

रास्वपाको समानुपातिक सूचीमा सेलिब्रिटी नै सेलिब्रिटी

फागुन २१ गतेको चुनावका लागि दलहरुले समानुपातिक तर्फको उम्मेदवार सूची तयार पारे । 

पुस १४ गते दलहरुले निर्वाचन आयोगमा बुझाएको सूचीमध्ये राष्ट्रिय स्वतन्त्र पार्टीको सूचीले विशेष चर्चा पाएको छ । किनकी रास्वपाको सूचीमा

दलका नेता मात्र छैनन्, विभिन्न क्षेत्रका सेलिब्रिटीहरु पनि छन् । 

रास्वपाले बुझाएको ११० जना उम्मेदवारको सूचीमा १५–२० जना त आआफ्नो विधामा ख्याती कमाएका पब्लिक फेसहरु छन् ।

रास्वपाले नेपाली क्रिकेट टिमका पूर्वकप्तान ज्ञानेन्द्र मल्ल, पूर्व मिस नेपाल अनुष्का श्रेष्ठ, गायिका त्रिशाला गुरुङ, गायक प्रकाश सपुतलाई समानुपातिक सूचीमा राखेको छ । 

त्यस्तै गायिका सत्यकला राई, गोल्डस्टार सुजकी कार्यकारी निर्देशक विदूषी राणा, व्यवसायी चन्द्र ढकालका छोरा सचिन ढकाल पनि रास्वपाको समानुपातिक सूचीमा अटाएका छन् । 

जेनजी आन्दोलनका घाइते फुटबल खेलाडी पवन शाही, चमार समुदायका पहिलो डाक्टर रामजीराम, अभिनेत्री रिमा विश्वकर्मा, अभिनेता आसिफ शाहलाई पनि रास्वपाले समानुपातिक सूचीमा राखेको छ । 

जेनजी अभियन्ता पुरुषोत्तम यादव, मानव अधिकारकर्मी मोहना अन्सारी पनि रास्वपाको समानुपातिक सूचीमा रहेका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

नेपाल शो मल्टिमिडिया न्यूज पोर्टल हो । 

थप 3 Minute