स्वर्णिमलाई रविले भने : डा. साब बजेट लेख्न थाल्नुस्
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पार्टीप्रति नागरिकको उत्साह देख्दा चुनावपछि एकल बहुमतको सरकार चलाउने आशा बढेको बताएका छन् ।
सोमबार काठमाडौंमा थारु अभियन्ताहरुको रास्वपा समायोजन कार्यक्रममा उनले पार्टीका उपसभापति डा. स्वर्णिम वाग्लेलाई आगामी वर्षको बजेट लेख्दै गर्न समेत आग्रह गरे ।
‘देश र विदेशमा रहेका नेपालीले रास्वपाको विस्तारलाई लिएर जुन उत्साह देखाउनुभएको छ, यो उत्साहलाई लिएर यति चाहिँ भन्न सक्छु, डा. स्वर्णिम वाग्ले यहाँ हुनुहुन्छ, डा. साब आउने वर्षको बजेट लेख्न सुरु गर्नुस्’, लामिछानेले भने ।
उनले देशलाई भ्रष्टाचार र कुशासनबाट बाहिर निकाल्न पार्टी र नेताका रुपमा आफूले गर्नुपर्ने काम गर्ने बताउँदै रास्वपालाई मत दिन नागरिकलाई आग्रह गरे । ‘जनताले भोट हाल्दिए भने देश नयाँ बाटोमा जानेछ’, उनको भनाइ थियो ।
विगतमा राजनीतिक दलहरुले चुनाव अगाडि अप्राकृतिक गठबन्धन गर्नेदेखि प्रधानमन्त्रीको कुर्सी बाँड्नेसम्म काम गरेको भन्दै लामिछानेले आफूहरुले ती सबै अभ्यासबाट एकै चोटी डिपार्चर लिएको जिकिर गरे ।
‘एउटा पार्टी, एउटा झण्डा, एउटा चुनाव चिह्न, एउटा प्रधानमन्त्री, एउटा सभापति, बस एकै पटक । हामी टालटुले राजनीतिबाट जान सक्दैनौं’, उनले भने ।
देशले इतिहास लेख्न गइरहेका बेला अहिले पनि केही शक्ति सल्बलाइरहेको भन्दै उनले डिस्टर्ब नगर्न र चुनावको प्रतीक्षा गर्न आग्रह गरे ।
सुनौलो भविष्य कोर्न लागेका बेला डिस्टर्ब गर्ने होइन, सिट डाउन, ...ब्यालेट बक्समा भेटौं, ब्यालेट खोलौं ब्यालेटले यो देशको भविष्य निर्धारण गर्नेछ’, उनको भनाइ छ ।
पार्टीमा जोडिएका कसैलाई पनि आफूले अन्याय हुन नदिने भन्दै सभापति लामिछानेले पार्टीका नेता कार्यकर्तालाई उम्मेदवार हुँ भन्दै प्रचार नगर्न आग्रह गरे । पार्टीले एउटा विधि बनाउने र त्यही विधि अनुसार उम्मेदवार छनोट गर्ने उनको भनाइ छ ।
‘सबै जना एकै पटक संसद जाने सम्भावना छैन । वडामा पनि जानुपर्छ’, उनले भने ।
सरकारले न्यायालयलाई तर्साउन खोज्यो : नेपाल बार
पोखरा विमानस्थलमा पूर्वअर्थमन्त्री कार्कीविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौंका बाँकी सुकुम्बासी बस्तीमा वैशाख १८ गते डोजर
अर्थ मन्त्रालयका कर्मचारीले १५ दिनमै पाए तलब
दीपक भट्टको साझेदार बन्दा गयो सुदनको गृहमन्त्री पद


-1777651991.jpeg)

-1777978198.png)



