बैंकहरू ऋण लिन आउनुस्–आउनुस् भन्दैछन्
अहिले नेपालको बैंकिङ क्षेत्रमा साढे ११ खर्ब रुपैयाँ तरलता छ, तर अहिले पनि कतिपय ग्राहकले आफूले भने अनुसार कर्जा पाइरहेका छैनन् । कर्जा पाए पनि उनीहरुको ब्याजदर घटबढ भइरहन्छ ।
नेपालको बैंकिङ क्षेत्रमा कहिले तरलता कम भएर समस्या देखिन्छ, कहिले बढी भएर समस्या देखिन्छ । नेपालको बैंकिङ क्षेत्रमा देखिएका समस्या पहिचान गर्न र सुझाव दिन राष्ट्र बैंकले बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदल बनाएको थियो । त्यो कार्यदलले हालै प्रतिवेदन बुझाएको छ । उक्त कार्यदलका सदस्य पूर्वबैंकर भुवन दाहालसँग नेपालको बैंकिङ क्षेत्रको अवस्थाबारे नेपाल शोका रवीन्द्र घिमिरेले गरेको कुराकानीको सारसंक्षेप
बैंकिङ क्षेत्रको अवस्था हेर्ने केही मापदण्डहरु छन्, जस्तै पूँजीकोषको पर्याप्तता, सम्पत्तिको गुणस्तर, आम्दानी, तरलता आदि । यी आधारमा हेर्दा समग्रमा नेपालको बैंकिङ क्षेत्रको अवस्था राम्रो छ । कुनै कुनैमा समस्या त छ, तर नेपाल राष्ट्र बैंकको सुपरीवेक्षण विभागले राम्ररी काम गर्नुपर्छ ।
कुनै पनि बैंकमा अध्यक्ष र सीईओ राम्रो छ भने त्यो बैंकमा समस्या हुँदैन ।
अहिले बैंकहरुसँग पर्याप्त तरलता भएकाले ऋण पाउन समस्या छैन । यदि अहिलेको अवस्थामा पनि कसैले ऋण पाउँदैन भने बैंकमा होइन, त्यो ऋण लिन चाहने मान्छेमा समस्या छ ।
बैंकहरुले उसको परियोजना जोखिमपूर्ण देखेको हुन सक्छ, यदि राम्रो परियोजना छ भने एउटा बैंकले नदिए अर्को बैंकले ऋण दिन्छ ।
घर कर्जा लिन चाहनेलाई त बैंकले आउनुस् आउनुस् भनिरहेको छ । घर बनाउन चाहनेलाई ऋणको समस्या छैन । सेयर कर्जा लिन चाहनेलाई पनि ऋण नपाउने समस्या छैन ।
पूरा अन्तर्वार्ता सुन्न भिडियो हेर्नुहोस् :
पास हुने सबैलाई स्थायी गर, गोल्डेन हेन्डसेक चाहिँदैन
'कांग्रेस फुटाएर रवि–बालेनलाई सजिलो बनाइदिने हो ?'
एमालेमा आन्तरिक लोकतन्त्र फर्कायौं, त्यसमै सन्तोष छ
शेखर अतिरिक्त बोझले थिचिएका छन्, गगन ड्याम्मै हान्न सक्छन्





-1767872172.jpg)
