'कांग्रेस फुटाएर रवि–बालेनलाई सजिलो बनाइदिने हो ?'
विशेष महाधिवेशन गर्ने कि नगर्ने भन्ने विषयमा नेपाली कांग्रेसभित्र चरम विवाद छ । केन्द्रीय कार्यसम्पादन समितिले विशेष महाधिवेशनको औचित्य समाप्त भइसकेको भन्दै अब आउँदो वैशाखमा नियमित महाधिवेशन गर्ने निर्णय गरिसकेको छ ।
तर महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्माले भने ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले माग गरेकाले विशेष महाधिवेशन हुनै पर्ने अडान राखेका छन् ।
यसरी विशेष महाधिवेशनलाई लिएर कांग्रेस दुई कित्तामा बाँडिएकाले कतै पार्टी फुट्ने त होइन भन्ने चिन्ता पनि नेता–कार्यकर्ताहरुमा देखिएको छ । यसै सन्दर्भमा कांग्रेस केन्द्रीय सदस्य डा. मिनेन्द्र रिजालसँग गरिएको कुराकानीको सारसंक्षेप
कांग्रेसले पहिले पुसमा नै महाधिवेशन तोकेको थियो । तर काम गर्दागर्दै भ्याइएन भनेर सार्न मिल्छ भन्ने धेरैलाई लागेको थियो । कतिपयले फागुन २१ मा चुनाव भएन भने अधिवेशन गर्न भ्याइएला भन्ने पनि सोचेका थिए । पहिला कांग्रेसले अलमलमै महाधिवेशनको निर्णय गरेको थियो ।
अहिले हेर्दा कांग्रेस नदीको बीचमा छ, अनि किनारामा कसरी पुग्ने भन्ने चिन्ता छ, एकथरिले एउटा किनारा र अर्कोथरिले अर्को किनारा हेरिरहेका छन् ।
कांग्रेसजनले मज्जाले आफ्नो अक्षमता प्रदर्शन गर्यौं । सत्ताको राजनीतिमा चुर्लुम्म डुबेर काम गर्ने शैली बन्दाबन्दै हामीमा अक्षमता विकसित भए, लोभहरु तन्केर अगाडि उभिए आफ्नो काम गर्न पनि नसक्ने भयौं ।
थप कुराकानी भिडियोमा हेर्न सक्नुहुन्छ
पास हुने सबैलाई स्थायी गर, गोल्डेन हेन्डसेक चाहिँदैन
बैंकहरू ऋण लिन आउनुस्–आउनुस् भन्दैछन्
एमालेमा आन्तरिक लोकतन्त्र फर्कायौं, त्यसमै सन्तोष छ
शेखर अतिरिक्त बोझले थिचिएका छन्, गगन ड्याम्मै हान्न सक्छन्





-1767872172.jpg)
