१ लाख ३३ हजार निर्वाचन प्रहरी माग, कति हुन्छ तलब ?
के तपाईं नेपालभित्रै छोटो समयको काम खोज्दै हुनुहुन्छ ?
तपाईं १८ देखि ५४ वर्ष उमेर समूहको हुनुहुन्छ भने तपाईंका लागि उपयुक्त विकल्प हुन सक्छ, निर्वाचन प्रहरी ।
पहिले पहिले यसलाई म्यादी प्रहरी भनिन्थ्यो । यस वर्षदेखि निर्वाचन प्रहरी भन्न थालिएको छ । नेपाल प्रहरीले आउँदो फागुन २१ गतेको चुनावका लागि १ लाख ३३ हजार ९८० जना निर्वाचन प्रहरी माग गरेको छ ।
निर्वाचन प्रहरीमा भर्ना हुन चाहनेले पुस २५ गतेदेखि माघ १ गतेसम्म निवेदन दिन पाउनेछन् । त्यसका लागि सबै जिल्लाका प्रहरी कार्यालयमा निवेदन दिन सकिनेछ ।
निर्वाचन प्रहरी हुन साधारण लेखपढ गर्न जान्ने भए पुग्छ । तर नैतिक पतन देखिने कुनै फौजदारी मुद्दामा सजाय पाएको हुनु हुँदैन । अनि भर्ना हुने बेलामा कुनै राजनीतिक दलको सदस्य हुनु हुँदैन । शारीरिक रुपमा स्वस्थ हुनुपर्यो, आतंककारी तथा विध्वंसात्मक संगठनमा लागेको हुनुभएन ।
पुरुषको हकमा ५ फिट उचाइ र ५० किलो तौल, अनि महिलाको हकमा ४ फिट १० इन्च उचाइ र ४२ केजी तौल हुनुपर्यो । अनि गर्भवती महिलाले पनि निर्वाचन प्रहरी हुन पाउने छैनन् ।
नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको सेवाबाट अवकाश पाएका वा भर्ना हुन जाँदा मेडिकल पास भएका व्यक्तिले निर्वाचन प्रहरीका लागि प्राथमिकता पाउँछन् ।
निर्वाचन प्रहरीमा भर्ना भएमा माघ १० देखि २४ गतेसम्म १० दिनसम्म तालिम पाउनेछन् ।
नियुक्ति पाएको मितिले ४० दिनसम्म उनीहरुले काम गर्नुपर्नेछ ।
तलब सुविधा के कति हुन्छ त ?
निर्वाचन प्रहरीले नेपाल प्रहरीको जवानको तलब स्केल सरहको तलब सुविधा पाउँछन् । त्यो भनेको दिनको ८६९ रुपैयाँका दरले ४० दिनको ३४ हजार ७७६ रुपैयाँ पाउँछन् ।
अनि नेपाल प्रहरीका जवानहरुले पाउने बराबरकै ४० दिनको खाद्यान्न वापतको रकम एकमुस्ट रुपमा पाउँछन् ।
अनि निर्वाचनमा खटाएको ठाउँमा आउने जाने तयारी स्वरुप ८४६ रुपैयाँ पाउँछन् । चुनाव हुने समयमा ४ दिनका लागि खाजा खर्च वापत दिनको ३०० रुपैयाँका दरले १२०० रुपैयाँ पाउँछन् ।
निर्वाचन प्रहरीले पोशाकका लागि छुट्टै पैसा पनि पाउँछन् ।
तर जिम्मेवारी पूरा नगरी भागेमा भने कुनै तलब सुविधा पाउने छैनन् ।
सरकारले न्यायालयलाई तर्साउन खोज्यो : नेपाल बार
पोखरा विमानस्थलमा पूर्वअर्थमन्त्री कार्कीविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौंका बाँकी सुकुम्बासी बस्तीमा वैशाख १८ गते डोजर
अर्थ मन्त्रालयका कर्मचारीले १५ दिनमै पाए तलब
दीपक भट्टको साझेदार बन्दा गयो सुदनको गृहमन्त्री पद


-1777651991.jpeg)

-1777978198.png)



