काठमाडौंमा पाकेटमारीका २ ठूला घटना, ४ जना पक्राउ
तपाईं काठमाडौंमा बसमा यात्रा गर्दै हुनुहुन्छ भने विचार गर्नुस् है पाकेटमारहरु बढ्न थालेका छन् ।
पुसको २२ र २३ गते दुई दिन गौशाला र सिनामंगल क्षेत्रमा पाकेटमारीको ठूला दुई घटना घटेका छन् ।
पुस २३ गते दिउँसो ११:०० बजे एक जना युवक गौशालाको गोल्डेन गेट कलेज अगाडिबाट मित्रपार्क जाने बस चढेका थिए । उनको साथमा २ लाख ७५ हजार रुपैयाँ थियो । पाकेटमारहरुले कति बेला उनको पैसा फुत्काए उनले थाहा पाउनै सकेनन् ।
त्यस्तै पुस २२ गते दिउँसो सिनामंगलमा बस चढेकी एक महिलाको सुनको सिक्री नै पाकेटमारहरुले चोरेर लगे ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार यी दुबै पाकेटमारीको घटनामा एउटै समूह संलग्न देखिन्छ । पाकेटमारीमा संलग्नताको अभियोगमा प्रहरीले काठमाडौंको तिलगंगा क्षेत्रबाट ४ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं दक्षिणकालीका सरोज खड्का, काभ्रेका विकास लामा, तनहुँका राजु गुरुङ र ललितपुरका सुवास मगर रहेका छन् ।
उनीहरु यस अगाडि पनि चोरी, डाँकाऽ लागूऔषध र अभद्र व्यवहार जस्ता कसुरमा पक्राउ परेर मुद्दा चलेका मानिसहरु हुन् । जिल्ला प्रहरी परिसर काठमडौंका प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार उनीहरुलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।
रसुवा बाढीमा मृत्यु हुनेको संख्या १००० नाघ्यो
प्रधानमन्त्री राहत कोषमा सरकारी कर्मचारीको तलबबाट ३६ करोड
रसुवा बाढीमा ज्यान गुमाउनेको संख्या ३५९ पुग्यो
३३ वर्षको उमेरमा भारतीय क्रिकेट टिमबाट डेब्यू
कतार एयरवेजबाट नेपाली यात्रुले पाउने भइन् २ करोड ६१ लाख क्षतिपूर्ति








