नेभिगेशन
3 Minute

काठमाडौंमा पाकेटमारीका २ ठूला घटना, ४ जना पक्राउ

तपाईं काठमाडौंमा बसमा यात्रा गर्दै हुनुहुन्छ भने विचार गर्नुस् है पाकेटमारहरु बढ्न थालेका छन् ।

पुसको २२ र २३ गते दुई दिन गौशाला र सिनामंगल क्षेत्रमा पाकेटमारीको ठूला दुई घटना घटेका छन् ।

पुस २३ गते दिउँसो ११:०० बजे एक जना युवक गौशालाको गोल्डेन गेट कलेज अगाडिबाट मित्रपार्क जाने बस चढेका थिए । उनको साथमा २ लाख ७५ हजार रुपैयाँ थियो । पाकेटमारहरुले कति बेला उनको पैसा फुत्काए उनले थाहा पाउनै सकेनन् ।

त्यस्तै पुस २२ गते दिउँसो सिनामंगलमा बस चढेकी एक महिलाको सुनको सिक्री नै पाकेटमारहरुले चोरेर लगे ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार यी दुबै पाकेटमारीको घटनामा एउटै समूह संलग्न देखिन्छ । पाकेटमारीमा संलग्नताको अभियोगमा प्रहरीले काठमाडौंको तिलगंगा क्षेत्रबाट ४ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं दक्षिणकालीका सरोज खड्का, काभ्रेका विकास लामा, तनहुँका राजु गुरुङ र ललितपुरका सुवास मगर रहेका छन् ।

उनीहरु यस अगाडि पनि चोरी, डाँकाऽ लागूऔषध र अभद्र व्यवहार जस्ता कसुरमा पक्राउ परेर मुद्दा चलेका मानिसहरु हुन् । जिल्ला प्रहरी परिसर काठमडौंका प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार उनीहरुलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

नेपाल शो मल्टिमिडिया न्यूज पोर्टल हो । 

थप 3 Minute