Podcasts
पास हुने सबैलाई स्थायी गर, गोल्डेन हेन्डसेक चाहिँदैन
राहत शिक्षकको पेशागत निरन्तरता र सामाजिक सुरक्षा कोषमा आवद्ध गराउन माग गर्दै राहत शिक्षक राष्ट्रिय समितिका पदाधिकारीहरु काठमाडौं आएका छन् । उनीहरुले शिक्षामन्त्री र शिक्षा मन्त्रालयका अधिकारीहरुलाई भेटेर आफ्नो माग पूरा गराउन खबरदारी गरिरहेका छन् ।
यसै सन्दर्भमा राहत शिक्षक राष्ट्रिय समितिका अध्यक्ष विष्णु खत्रीसँगको कुराकानीको सारसंक्षेप :
- हाम्रो माग मुद्दा भनेको पेशागत निरन्तरता हुनुपर्छ र सामाजिक सुरक्षा कोषमा आवद्ध गराउनुपर्छ ।
- शिक्षक संघ संगठन र महासंघले अस्थायी शिक्षकको आवाज उठाएनन् ।
- अहिले सबै शिक्षकहरु नै झोले हो, सबै एउटा एउटा पार्टीको शिक्षक संगठनमा आवद्ध भएकै छन् ।
- विद्यालय शिक्षा ऐन रोकियो, अति राम्रो भयो । त्यो विधेयक अब नयाँ ल्याउनुपर्छ ।
- राज्यले राहत दरबन्दी समस्या हो भनेर ब्याख्या गरिरहन्छ । तर राहत कोटामा खाली हुँदा विज्ञापन गरेर नियुक्ति पनि गरिरहेको छ । अब राहतको नयाँ नियुक्ति बन्द गरौं ।
- राहत कोटा जहाँ खाली हुन्छ, त्यसलाई दरबन्दीमा कन्भर्ट गरौं, यसो भयो भने राहत शिक्षक सकिँदै जान्छ ।
- हामीलाई स्थायी चाहिँदैन, हामीलाई पेशा निरन्तरता हुनुपर्यो । उमेर पुगेको दिन दुई पैसा लिएर घर जाने वातावरण बनाउनुपर्यो ।
- म स्थायी माग्ने पक्षमा छैन, बरु टार्गेट राखिदेओस् न । टार्गेट पूरा गर्न नसक्ने राहतलाई पनि फालोस् ।
- हामी सेवा प्रवेश गरिसकेको मान्छेले बाहिर रहेको फ्रेस विद्यार्थीसँग कम्पिटिसन गराउन खोज्नु हास्यास्पद हो, बरु राहत र स्थायीलाई प्रतिस्पर्धा गराओस् न हामी तयार छौं ।
- नयाँ फ्रेस आउनेहरुलाई पनि बाटो दिनुपर्छ । राहत कोटा खाली भयो भने दरबन्दीमा कन्भर्ट गरेर खुला प्रतिस्पर्धाबाट ल्याए हुन्छ ।
प्रकाशित मिति:
शुक्रबार, पुस २५, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
Podcasts
त्रिशूली किनारका बचेका बस्ती किन छन् झनै ठूलो जोखिममा ?
आइतबार, असोज ४, २०८३
'गाउँ-गाउँका युवा परे, कतिको त जलाउने मान्छे समेत बचेनन्'
मंगलबार, भदौ १६, २०८३
नेपालले बनाउनैपर्ने पूर्वाधार काठमाडौं-रक्सौल रेलमार्ग हो
शुक्रबार, भदौ १२, २०८३
बेलायतले माफी माग्नुपर्छ, गोर्खा भर्ती बन्द गर्नुहुन्न
शुक्रबार, भदौ १२, २०८३
देउवाको शक्ति सकिएको छैन, समस्या इगो मात्र हो
बुधबार, साउन २०, २०८३
शंकर–विद्या जो आएपनि हुन्छ, ओलीले छाड्नैपर्छ
शनिबार, साउन २, २०८३
ट्रेन्डिङ








