हाइ स्पिड रेलमा चीनको असाधारण प्रगति
विश्वकै ठूलो ड्याम, विश्वकै अग्लो पुल, विश्वकै लामो पर्खाल । विश्वमा नै पहिलो भएको रेकर्ड चीनसँग धेरै छ ।
पछिल्लो समय चीनले रेकर्ड राखेको अर्को क्षेत्र हो रेलमार्ग । विश्वका अरु सबै देशको रेलमार्ग जोड्दा जति नेटवर्क बन्छ, त्यो भन्दा पनि ठूलो रेलमार्ग नेटवर्क चीन एक्लैको छ । अझ अहिले २०३० र २०३५ सम्मको महत्वाकांक्षी रेलमार्गहरु घोषणा गरेको छ ।
रेलमार्गमा पनि चीनले विकास गरेको भनेको हाइस्पिड रेलमार्ग हो । जसको गति नै प्रतिघण्टा ३५० देखि ४०० किलोमिटरसम्म हुन्छ ।
आर्थिक विकासमा अमेरिकालाई पनि उछिन्ने गरी अगाडि बढिरहेको चीनले त्यसका लागि ठूला शहरी क्षेत्रहरुको कनेक्टिभिटीमा सुधार गर्न खोजेको छ र त्यसका लागि हाइस्पिड रेलहरुमा खर्बौं बजेट लगाइरहेको छ ।
सन् २०२५ को डिसेम्बरमा चीनको हाइस्पिड रेलमार्गको लम्बाई ५० हजार किलोमिटर क्रस गर्यो ।
चीनको हाइस्पिड रेलको लम्बाई विश्वका अरु सबै देशको हाइस्पिड रेल लाइनको भन्दा पनि बढी हो । इन्टरनेशनल युनियन अफ रेलवेका अनुसार विश्वभरको कुल हाइस्पिड रेलमार्गमध्ये ७० प्रतिशत चीनमै छ ।
चीनले सन् २०२५ मा मात्रै ३१०० किलोमिटर रेललाइन बनायो । अहिले उसको कुल रेल लाइनको लम्बाई १ लाख ६५ हजार किलोमिटर पुगेको छ ।
अनि सन् २०२५ मा हाइ स्पिड रेललाइन ने २८ सय ६२ किलोमिटर बनायो । अनि हाइ स्पिड रेललाइनको लम्बाई ५० हजार ४०० किलोमिटर पुगेको छ ।
चाइना स्टेट रेलवे ग्रुपले हालै सन् २०२६ देखि २०३० सम्मको आफ्नो नयाँ लक्ष्य सार्वजनिक गरेको छ ।
उसको लक्ष्य छ कि, सन् २०३० सम्म रेलमार्गको कुल लम्बाई १ लाख ८० हजार किलोमिटर पुग्नेछ । त्यसमध्ये ६० हजार किलोमिटर चाहिँ हाइस्पिड रेल हुनेछ ।
हाइस्पिड रेल लाइन बनाउनुको चीनको उद्देश्य ठूला शहरी केन्द्रबीचको ट्राभल टाइम घटाउने हो । सन् २०३५ सम्म आफ्ना प्रमुख शहरहरुबीचको ट्राभल टाइम ३ घण्टामा झार्ने चीनको लक्ष्य छ ।
चीनले आफ्ना उत्पादनहरु देशका सबै कुनामा एकै दिनमा पुर्याउने र दुई दिनभित्र छिमेकी देशमा पुर्याउने लक्ष्य राखेको छ ।
२०३५ भित्र चीनले आफ्नो रेल नेटवर्क २ लाख किलोमिटर पुर्याउने र हाइस्पिड रेल लाइन ७० हजार किलोमिटर पुर्याउने लक्ष्य राखेको छ ।
चीनले रेललाइन मात्र बनाइरहेको छैन । उसको रेलको स्पिड पनि धेरै छ । चीनमा हाइस्पिड रेलको गति प्रतिघण्टा ४५३ किलोमिटरसम्म रहेको छ । चीनको साङ्घाइ, चोङकिङ, छेन्दु हाइस्पिड रेलको वुहान–यीचाङ खण्डको स्पिड हो, ४५३ किलोमिटर प्रतिघण्टा ।
रेलमार्ग अनुसार हाइ स्पिड रेलको गति पनि फरक फरक छ । चीनको हाइस्पिड रेल विश्वकै ठूलो र धेरै प्रयोग हुने रेलमार्गमा चिनिन्छ । यसमा तुलनात्मक रुपमा कम भाडा र ट्राभल टाइम पनि कम लाग्छ ।
२५ वर्षको विकास
एक्काइसौं शताब्दीको सुरुमा चीनसँग हाइस्पिड रेल नै थिएन । यो विशाल देशमा ढिलो र अप्ठेरो खालका रेलहरु मात्र गुडिरहेका हुन्थे । रेलमा लामो यात्रा गर्नुपर्दा मानिसहरु हैरान हुन्थे । तर २५ वर्षको अवधिमा चीनले विश्वकै ठूला हाइस्पिड रेल नेटवर्क बनाएको छ र हाइस्पिड रेल नेटवर्कमा विश्वकै पहिलो बनेको छ ।
पछिल्ला केही वर्षमा चीनले आफ्नो रेल नेटवर्कमा ब्यापक विस्तार गरेको छ । सन् २०२१ सम्म चीनमा सबै किसिमका गरी रेलमार्गको कुल लम्बाई १ लाख ४६ हजार किलोमिटर थियो । त्यसको ५ वर्षपछि सन् २०२५ मा रेलमार्ग २० हजार किलोमिटरले बढ्यो ।
सन् २०२१ देखि २०२५ को अवधिमा हाइस्पिड रेलको लम्बाई ३३ प्रतिशतले बढाएको छ । सन् २०२१ मा चीनको हाइस्पिड रेलमार्गको लम्बाई ३७ हजार ९०० किलोमिटर थियो । ५ वर्षभित्र हाइस्पिड रेलमार्गको लम्बाई साढे १२ हजार किलोमिटरले बनायो ।
चीनले रेलवे ट्रयाकको लम्बाई मात्र बढाइरहेको छैन । प्रविधिमा पनि नयाँ–नयाँ इनोभेसन गरिरहेको छ ।
अमेरिकाले मदुरोलाई बेडरुमबाटै उठाउनुको रहस्य
५ लाख सापट लिएर ब्यापार सुरु गरेका डांगोटे कसरी बने अफ्रिकाकै धनी ?
इमरानलाई महंगो पर्यो सेनासँगको लडाईं, मुनिरले लिइरहेका छन् बदला
विश्वकै सुरक्षित देश, जहाँ प्रहरीले बन्दुक बोक्दैनन्





-1767872172.jpg)
