सिमलतालमा पहिरोमा बगेको बस डेढ वर्षपछि भेटियो
तीन दिन अगाडि त्रिशुली नदी किनारमा भेटिएको गाडी गत वर्ष मुग्लिन नारायणगढ सडकमा पहिरोले बगाएको बस भएको खुलेको छ ।
तीन दिनसम्म सुरक्षाकर्मीले गरेको उत्खननका क्रममा गाडीमा गणपति डिलक्स लेखेको देखिएको छ ।
सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार २०८१ असार २८ गते चितवनको सिमलतालबाट त्रिशुलीमा बेपत्ता भएको गाडीमध्ये एउटा चाहिँ गणपति डिलक्सकै गाडी थियो ।
त्यस दिन काठमाडौबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ ख २४९५ नम्बरको गणपति डिलक्स र बीरगंजबाट काठमाडौतर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स त्रिशुली नदीमा बेपत्ता भएका थिए ।
गणपति डिलक्समा सवार ३१ जनामध्ये ३ जनाले हाम फालेर ज्यान जोगाएका थिए भने २८ जना बेपत्ता भएका थिए । सोमध्ये १४ जनाको शव फेला परेको थियो । अरु अहिलेसम्म बेपत्ता छन् ।
गत वर्ष बस खसेको ठाउँदेखि पारिपट्टि त्रिशुली नदी किनारमा ३ दिनअघि गाडीको पाटपूर्जा देखिएपछि सुरक्षाकर्मीले उत्खनन गरिरहेका छन् । बस निकाल्न आज साँझदेखि ६ वटा चेनपुल्ली प्रयोग गरिँदैछ ।
रोड्री कता जालान् : रियल मड्रिड कि वार्सिलोना ?
सेना नै रिसाउने गरी सांसद राजु पाण्डेले के गरे ?
अन्तत पक्राउ पर्यो गहना लुट्ने कर्मा तामाङको गिरोह
कस्तो हिमाल हो निम्सदाइको ज्यान लिएको ब्रोडपिक ?
राप्रपाले सरकारलाई भन्यो : साम्प्रदायिक विवादको दीर्घकालीन समाधान खोज






