काठमाडौंको १० क्षेत्रमा नेकपाबाट को को छन् उम्मेदवार ?
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले काठमाडौंका १० वटै क्षेत्रको उम्मेदवार टुंगो लगाएको छ । केही पुरानै उम्मेदवार दोहोरिएका छन् भने धेरै नयाँ अनुहारलाई उम्मेदवार बनाएको छ ।
नेकपाले काठमाडौं १ मा मेनका भण्डारीलाई टिकट दिइएको छ । उनी एकीकृत समाजवादी एकताबाट आएकी युवा नेता हुन् ।
काठमाडौं २ मा नितेश पौडेल उम्मेदवार छन् । उनी नेकपाका सहसंयोजक माधवकुमार नेपालका भान्जा समेत हुन् । उनी पनि एकीकृत समाजवादीबाट आएका हुन् ।
काठमाडौं ३ मा निरज लामा, काठमाडौं ४ मा इन्द्र भुसाल र काठमाडौं ५ मा कल्पना शर्माले टिकट पाएका छन् ।
काठमाडौं ६ मा हेमलाल शर्मा उम्मेदवार छन् । हिमाल शर्मा नामले चिनिने उनी यसअघि यही क्षेत्रमा माओवादी केन्द्रका उम्मेदवार थिए ।
काठमाडौं ७ मा बसन्त मानन्धर र काठमाडौंमा ७ मा सुमन सायमी उम्मेदवार बनेका छन् । मानन्धर बाग्मती प्रदेश सभा सदस्य हुन् । प्रदेशसभा सदस्य पदबाट राजीनामा दिएर सांसदको चुनाव लड्न लागेका हुन् ।
काठमाडौं ८ को टिकट पाएका सायमी, हालै मात्र नेकपा प्रवेश गरेका थिए । अघिल्लो पटक लौरो चुनाव चिह्न लिएर उम्मेदवारी दिएका उनी राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टीमा थिए । तर चुनावको मुखमा नेकपा प्रवेश गरेर टिकट लिएका हुन् ।
नेकपाले काठमाडौं ९ मा राधाकृष्ण महर्जन र १० मा हितमान शाक्यलाई उम्मेदवार बनाएको छ । शाक्य २०७४ को चुनावमा पनि काठमाडौं १० मा उम्मेदवार बनेका थिए, तर पराजित भएका थिए ।
सरकारले न्यायालयलाई तर्साउन खोज्यो : नेपाल बार
पोखरा विमानस्थलमा पूर्वअर्थमन्त्री कार्कीविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौंका बाँकी सुकुम्बासी बस्तीमा वैशाख १८ गते डोजर
अर्थ मन्त्रालयका कर्मचारीले १५ दिनमै पाए तलब
दीपक भट्टको साझेदार बन्दा गयो सुदनको गृहमन्त्री पद


-1777651991.jpeg)

-1777978198.png)



