विवादास्पद अभिव्यक्तिपछि दुर्गा प्रसाईं पक्राउ
मेडिकल व्यवसायी दुर्गा प्रसाईं पोखराबाट पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीले उनलाई माघ ५ गते दिउँसो पक्राउ गरेको हो ।
कास्कीका प्रहरी प्रवक्ता डीएसपी हरिबहादुर बस्नेतका अनुसार जिल्ला प्रहरी परिसर काठमाडौंले प्रसाईंलाई पक्राउ गरेर उपस्थित गराइदिनु भनेर पत्र पठाएपछि पक्राउ गरिएको हो ।
प्रसाईंले निर्वाचन आयोगले आर्थिक लेनदेनका आधारमा गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिता दिएको आरोप लगाएका थिए ।
उनले आयोगलाई ५२ करोड दिएर विशेष महाधिवेशन पक्षधरले वैधानिकता पाएको अभिव्यक्ति दिएपछि निर्वाचन आयोगले जिल्ला प्रहरी परिसर काठमाडौं र साइबर ब्यूरोलाई पत्र लेखेर प्रसाईंमाथि अनुसन्धान गर्न आग्रह गरेको थियो ।
प्रसाईंमाथि निर्वाचन कसुर र मुलुकी फौजदारी कसुर अन्तर्गत कारबाही गर्न माग गरिएको छ ।
निर्वाचन बहिष्कारको घोषणा गरेको प्रसाईँ समूहले सरकारसमक्ष २७ बुँदे माग राखेको थियो । माघ २ गते सरकारसँग प्रसाईं समूहको सम्झौता भएको थियो ।
प्रसाईंले नागरिक बचाउ दल गठन गरेका छन् र त्यही दलको कार्यक्रमका लागि पोखरा पुगेका बेला पक्राउ परेका हुन् ।
रोड्री कता जालान् : रियल मड्रिड कि वार्सिलोना ?
सेना नै रिसाउने गरी सांसद राजु पाण्डेले के गरे ?
अन्तत पक्राउ पर्यो गहना लुट्ने कर्मा तामाङको गिरोह
कस्तो हिमाल हो निम्सदाइको ज्यान लिएको ब्रोडपिक ?
राप्रपाले सरकारलाई भन्यो : साम्प्रदायिक विवादको दीर्घकालीन समाधान खोज






