जाँचबुझ आयोगको म्याद फेरि थपियो
भदौ २३ र २४ गतेको घटनाका दोषी को हुन् ?
भदौ २३ गते कसरी गोली चल्यो, कसरी त्यति धेरै मान्छेको हत्या भयो ?
अनि भदौ २४ गते संसद, सिंहदरबार र सर्वोच्च अदालत जलाउने को थिए ? पार्टी कार्यालय, व्यापारिक प्रतिष्ठान र नेताका घरहरु जलाउने को थिए ?
यो सबै छानबिन गर्न गठित जाँचबुझ आयोगले अझै काम सकेको छैन । गत असोज ५ गते सरकारले पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा आयोग गठन गरेको थियो ।
त्यो आयोगलाई सुरुमा ३ महिना समय दिइएको थियो । ३ महिनामा काम नसकिएपछि सरकारले १ महिना समय थप गरेको थियो ।
तर थपिएको एक महिना समय पनि सकियो, आयोगले प्रतिवेदन तयार पारेको छैन ।
माघ ८ गते बसेको मन्त्रिपरिषद बैठकले आयोगको म्याद फेरि एक महिना थप गरिदिएको छ । गृह मन्त्री ओमप्रकाश अर्यालका अनुसार आयोगले प्रतिवेदन लेख्ने काम केही बाँकी छ भनेकाले म्याद थप गरिएको हो ।
सुरुमा आयोगको कामलाई लिएर केही विवाद देखिएको थियो । अध्यक्ष गौरीबहादुर कार्कीले तत्कालीन सरकारका नेताहरुलाई पक्राउ गर्नुपर्छ भनेर दिएको अभिव्यक्तिलाई लिएर एमालेका अध्यक्ष केपी शर्मा ओलीले आपत्ति जनाएका थिए । उनले आयोग पूर्वाग्रही भएको भन्दै बयान नदिने बताएका थिए ।
आयोगले बयान लिनुअघि ओली, लेखकलगायतलाई उपत्यका छाड्न नपाउने गरी स्थानहद गरेको थियो । सबैको बयान सकेर स्थान हद पनि खुलिसकेको छ । आयोग अहिले प्रतिवेदन लेख्नमा जुटेको छ ।
खोटाङमा हेलिकप्टर दुर्घटना, सबै जना सकुशल
जेनजी शहीदकी आमा सुदनलाई भेट्दा भावुक
सांसदले गाउँपालिकालाई निर्देशन दिन मिल्छ ?
नेपाली कम्युनिस्ट पार्टीको घोषणापत्रमा के छ ?
संसद बिघटनको मुद्दामा किन ढिलाइ ?

-1773931562.jpeg)
-1773930665.jpeg)


-1773656815.jpeg)

