स्वागत नेपाललाई साइबर ब्यूरोले किन बोलायो ?
उनी कहिले सेनाले स्थिति नियन्त्रणमा लिएर सरकार बनाउनुपर्छ भन्छन्, कहिले यो चुनावमा धेरै बुथहरु जल्ने धम्की दिन्छन् ।
अनि कहिले सरकारले आफू सुंरक्षित उम्मेदवारका लागि हतियार पड्काउँछ भनेर आरोपित गर्छन् ।
तिनै व्यक्ति अहिले राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश गरेर आफैं उम्मेदवार बनेका छन् ।
झापा–२ बाट राप्रपा उम्मेदवार बनेका स्वागत नेपाललाई उनका विगतका अभिव्यक्ति र फेसबुक स्टाटसका कारण प्रहरीले बयानमा बोलाएको छ ।
नेपाल प्रहरीको साइबर ब्यूरोले माघ ७ गते फोन गरेर उनलाई बयान दिन आउनू भनेको छ । ब्यूरोका प्रवक्ता दीपकराज जोशी भन्छन्, ‘उहाँलाई फोन गरेर बोलाएको हो, आउँछु पनि भन्नुभएको छ ।’
उनको कुन भनाइका कारण बयानमा बोलाइएको हो भन्ने प्रहरीले खुलाएको छैन । तर सामाजिक सञ्जालमा आएका उनका अभिव्यक्तिकै विषयमा सोधपुछ गर्न बोलाइएको हो ।
स्वागत नेपाललाई प्रहरीले बयानमा बोलाएको घटनालाई उनको दल राप्रपाले भने विरोध जनाएको छ । राप्रपाले विरोध मात्र जनाएको छैन, यो घटनालाई राजनीतिकरण गर्ने प्रयास पनि गरेको छ ।
पार्टी प्रवक्ता मोहनकुमार श्रेष्ठले राप्रपाले देशैभरि उम्मेदवारी दिएर मुख्य प्रतिस्पर्धामा देखिएपछि सरकारले राप्रपाका उम्मेदवारविरुद्ध अनावश्यक र पुराना विषय उठाएर आक्रमण गरेको आरोप लगाएका छन् ।
उनले स्वागत नेपाललाई बयानका लागि बोलाएर उनको चुनावी गति अवरुद्ध गर्न खोजेको भन्दै आपत्ति जनाएका छन् ।
सरकारले न्यायालयलाई तर्साउन खोज्यो : नेपाल बार
पोखरा विमानस्थलमा पूर्वअर्थमन्त्री कार्कीविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौंका बाँकी सुकुम्बासी बस्तीमा वैशाख १८ गते डोजर
अर्थ मन्त्रालयका कर्मचारीले १५ दिनमै पाए तलब
दीपक भट्टको साझेदार बन्दा गयो सुदनको गृहमन्त्री पद


-1777651991.jpeg)

-1777978198.png)



