बालेनतिर गएको २४ घण्टा नबित्दै एमालेमै फिर्ता
बालेनलाई जिताउने भन्दै एमाले छाडेर रास्वपा गएका कमल गैरे २४ घण्टा नबित्दै फेरि एमालेमा फर्किएका छन् ।
केपी ओलीको गृहनगर दमक नगरपालिकाको युवा संघका सचिव नै बालेनलाई समर्थन गर्न गए भनेर खबर फैलिएको थियो । गैरे आफैंले फेसबुकमा एमालेको साधारण सदस्यसमेत नरहने गरी छाडेको जानकारी गराएका थिए ।
तर आज भने उनले अध्यक्ष केपी शर्मा ओलीसँगको तस्वीर सार्वजनिक गर्दै फेरि एमालेमा नै फर्किएको बताएका छन् ।
हिजो केही व्यक्तिको दबाब र प्रभावमा परेर एमाले छाडेको उनको स्पष्टीकरण छ । झापा–५ मा एमाले अध्यक्ष ओलीसँग चुनाव लड्न यसपालि काठमाडौंका मेयर छाडेर बालेन शाह पुगेका छन् ।
बालेन झापा आएपछि चुनावी परिणाम के हुन्छ भनेृर चासो बढिरहेका बेला गैरेले पार्टी छाडेको खबरले धेरैलाई तरंगित बनाएको थियो ।
तर उनको घोषणा एक दिन पनि टिकेन । उनले पार्टी छाड्नु गल्ती भएको भन्दै पुनः एमालेमै फर्केको भन्दै ओलीलाई जिताउने अभियानमा लाग्ने उल्लेख गरेका छन् ।
रसुवा बाढीमा मृत्यु हुनेको संख्या १००० नाघ्यो
प्रधानमन्त्री राहत कोषमा सरकारी कर्मचारीको तलबबाट ३६ करोड
रसुवा बाढीमा ज्यान गुमाउनेको संख्या ३५९ पुग्यो
३३ वर्षको उमेरमा भारतीय क्रिकेट टिमबाट डेब्यू
कतार एयरवेजबाट नेपाली यात्रुले पाउने भइन् २ करोड ६१ लाख क्षतिपूर्ति








