Podcasts
रास्वपाले बहुमत ल्याउँछ, मुख्य प्रतिस्पर्धी एमाले
भदौ २३ र २४ को जेनजी जनआन्दोलन नभएको भए नेपालमा २०८४ सालमा मात्र चुनाव हुने थियो । तर जेनजी विद्रोहले नेपालको सत्ता र संसदलाई स्वीकार गरेन, ताजा जनादेश लिन फागुन २१ गते चुनाव हुँदैछ ।
यो चुनावमा परम्परागत राजनीतिक शक्तिसँगै नयाँ शक्तिको रुपमा राष्ट्रिय स्वतन्त्र पार्टी देखिएको छ । २०७९ सालको चुनावमा शहरी क्षेत्रबाट राम्रो जनमत बटुलेको यो पार्टी अहिले गाउँसम्म फैलिएको छ ।
अर्कोतर्फ जेनजी बिद्रोहले उठाएको भ्रष्टाचार अन्त्य र सुशासनको मागले लामो समय सत्तामा बसेका कांग्रेस, एमाले, माओवादी लगायतका दललाई रक्षात्मक अवस्थामा पुर्याएको छ । यो अवस्थामा चुनावी प्रतिस्पर्धा कस्तो हुन्छ ? यही विषयमा समाजशास्त्री राम गुरुङसँग गरिएको कुराकानीको सारसंक्षेप :
- यसपटक धेरै मतदाता नयाँ पार्टीलाई मत दिने तयारीमा रहेको देख्छु । त्यसले गर्दा राष्ट्रिय स्वतन्त्र पार्टी अघिल्लो चुनावमा भन्दा धेरै नै ठूलो साइजमा आउन सक्छ । एक्लै सरकार चलाउन सक्ने गरी बहुमत ल्याउने देख्छु ।
- बालेन शाहलाई भित्र्याउने रास्वपाको रणनीतिले माहोल ल्याएको छ । रास्वपालाई युवा पुस्तामाझ लोकप्रिय बनाउने काम बालेन शाहले गरेका छन् ।
- रास्वपाले उम्मेदवारी छनोटमा जति ध्यान दिनुपर्थ्यो, जस्ता मान्छेलाई उम्मेदवारको रुपमा अगाडि सार्नुपर्थ्यो, त्यो गरेको देखिएन ।
- नेपाली कांग्रेसमा गगन थापाहरुले गरेको हस्तक्षेपले यो चुनावमा धेरै काम गर्ने देखिँदैन । किनकी गगन थापा कांग्रेसभित्र लोकप्रिय हुन्, बालेनजस्तो आम युवामाझ लोकप्रिय होइनन् ।
- यो चुनावमा रास्वपाको प्रतिस्पर्धा एमालेसँग हुने देखिन्छ । किनकी रास्वपामा जाने नेताहरु धेरैजसो कांग्रेस पृष्ठभूमिका छन्, त्यसैले उसको मत घट्न सक्छ, एमालेको धेरै मत जोगिने देख्छु ।
- रास्वपाले बहुमत ल्याएर सरकार चलाउने अवस्थामा ऊसँग पुराना दलहरुसँग जस्तो अनुभव र योग्य मान्छेहरु नहुँदा समस्या पर्न सक्छ । तर नागरिकसँग चुनावपछिको अवस्था स्वीकार्नुको विकल्प हुन्न ।
पूरा भिडियो हेर्नुहोस् :
प्रकाशित मिति:
मंगलबार, माघ १३, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
Podcasts
त्रिशूली किनारका बचेका बस्ती किन छन् झनै ठूलो जोखिममा ?
आइतबार, असोज ४, २०८३
'गाउँ-गाउँका युवा परे, कतिको त जलाउने मान्छे समेत बचेनन्'
मंगलबार, भदौ १६, २०८३
नेपालले बनाउनैपर्ने पूर्वाधार काठमाडौं-रक्सौल रेलमार्ग हो
शुक्रबार, भदौ १२, २०८३
बेलायतले माफी माग्नुपर्छ, गोर्खा भर्ती बन्द गर्नुहुन्न
शुक्रबार, भदौ १२, २०८३
देउवाको शक्ति सकिएको छैन, समस्या इगो मात्र हो
बुधबार, साउन २०, २०८३
शंकर–विद्या जो आएपनि हुन्छ, ओलीले छाड्नैपर्छ
शनिबार, साउन २, २०८३
ट्रेन्डिङ








