निपा भाइरस कसरी सर्छ ? कसरी बच्ने ?
भारतको पश्चिम बंगालमा निपा भाइरस देखिएपछि नेपालमा पनि यो भाइरसबारे चासो बढेको छ ।
स्वास्थ्य मन्त्रालयले देशैभरका स्वास्थ्य संस्थालाई निपा भाइरसको संक्रमण नेपालमा पनि हुन सक्ने भन्दै तयारी अवस्थामा रहन भनेको छ ।
के हो त निपा भाइरस ? यसले मानिसलाई कस्तो असर पार्छ ? यसबाट बच्न के गर्ने ? आज हामी यही निपा भाइरसबारे जानकारी गराउनेछौं ।
निपा भाइरस पशुबाट मानिसमा सर्ने रोग हो । यो भाइरस खासगरी फ्रुटब्याट भनिने एक प्रकारको चमेरोमा पाइन्छ ।
सबैभन्दा पहिला निपा भाइरस सन् १९९८ मा मलेसियामा बंगुर पालन गर्ने किसानमा देखिएको थियो ।
निपा भाइरसको प्रकोपका कारण तीन सय जनाले ज्यान गुमाएका थिए । प्रकोप नियन्त्रण गर्न १० लाख भन्दा धेरै बंगुर मारिएको थियो । त्यो बेला यो भाइरस बाङ्लादेश, भारत, फिलिपिन्स र सिंगापुरमा पनि फैलिएको थियो ।
विज्ञहरुका अनुसार भाइरस संक्रमण भएको चमेरो वा सुँगुरजस्ता जनावरको सम्पर्कमा पुग्दा निपा भाइरस सर्छ । भाइरस रहेको फलफूल खाँदा पनि निपा भाइरसको संक्रमण हुन्छ । मान्छेबाट मान्छेमा निपा भाइरस सर्नु चाहिँ दुर्लभ मानिन्छ ।
निपा भाइरस संक्रमण भएको चाहिँ कसरी थाहा पाउने ?
निपा भाइरस संक्रमण भएमा ज्वरो आउने, टाउको दुख्ने, जिउ दुख्ने, चक्कर लाग्ने, खोकी लाग्ने, सास फेर्न गाह्रो हुने जस्ता लक्षण देखिन्छ ।
गम्भीर अवस्थामा बिरामीको होस हराउने वा अचेत हुने पनि हुन सक्छ ।
विश्व स्वास्थ्य संगठनले निपा भाइरसको संक्रमणलाई घातक रोगको सूचीमा राखेको छ, यसको संक्रमितको मृत्युदर ४० देखि ७५ प्रतिशतसम्म छ ।
हालसम्म नेपालमा निपा भाइरसको संक्रमण पुष्टि भएको छैन । तर संक्रमण हुन सक्ने सम्भावना देखेर तयारी अवस्थामा रहेको स्वास्थ्य मन्त्रालयको भनाइ छ ।
सरकारले न्यायालयलाई तर्साउन खोज्यो : नेपाल बार
पोखरा विमानस्थलमा पूर्वअर्थमन्त्री कार्कीविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौंका बाँकी सुकुम्बासी बस्तीमा वैशाख १८ गते डोजर
अर्थ मन्त्रालयका कर्मचारीले १५ दिनमै पाए तलब
दीपक भट्टको साझेदार बन्दा गयो सुदनको गृहमन्त्री पद


-1777651991.jpeg)

-1777978198.png)



