विदेश जाँदा के–के लैजान मिल्दैन ?
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले विदेश जाँदा लैजान नमिल्ने कुराहरुको सूची नै सार्वजनिक गरेको छ ।
लगेज र आफ्नो साथमा के–के कुरा लैजान मिल्दैन त ?
घिउ, मह, दही, बडी स्प्रे, मदिरा, स्याम्पु, हेयर जेल, सेभिङ फोम, लोसनहरु, परफ्यूम, तेल, १०० एम एलभन्दा बढी, सन्चो भिक्स, पिपर स्प्रे, किरा मार्ने औषधीहरु बोक्न पाइँदैन । प्रहरीले यो बोक्ने भए एयरलाइन्सँग समन्वय गर्न भनेको छ ।
यति मात्रै हैन, खुर्सानी तथा खुर्सानीको धुलो, मसलाजन्य धुलो, तेल मिसिएका अचारहरु पनि नबोक्नुस् । कतिपय देशले उद्योगबाट उत्पादन भएर लेभलिङ भएका खाद्य र उपभोग्य वस्तु मात्रै देशमा ल्याउन दिने भएकाले तपाईंलाई विदेश पुगेपछि जरिवाना नै तिर्नुपर्ने जोखिम समेत हुन्छ ।
प्रहरीका अनुसार माछा, मासु, अण्डा, हरियो सागपात, तरकारी, फूल, बोटबिरुवाहरु पनि विदशे जाँदा लैजान पाइन्न । माछा मासु लैजाने नै हो भने भेटेरनरी क्वारेन्टाइन गर्नुपर्छ । विरुवाहरु लाने हो भने प्लान्ट क्वारेन्टाइन गर्नैपर्छ ।
डोरी, सिक्री, प्रेसर कुकर, काँटा, फलामे रड, वाकिङ स्टिक, लौरोहरु, कैंची, ब्लेड, छुरा, चक्कु, सियो, बिजुलीका फाल्तु तारहरु, सिरिन्ज निडिलहरु इन्सुलिन पनि बोक्न निषेध छ ।
डाइबिटिजको बिरामी हुनुहुन्छ भने मेडिकल रिपोर्टका आधारमा सिरिन्ज लैजान पाइन्छ । लाइटर, सलाइ, चुरोट, सुर्ती, पराग त बोक्न पाइने कुरै भएन । यस्तो वस्तु त प्रहरीले बरामद गरेर नष्ट नै गर्दै आएको छ ।
हुन त अहिलेसम्म विमानस्थल प्रहरीले घिउ, मसला, अचार, बडी स्प्रे बाहेकका कस्मेटिक सामानमा लैजान रोक्ने गरी खासै कडाइ गरेको छैन तर अब भने प्रहरीले यस्तोमा कडाइ गर्ने संकेत गरेको छ ।
संसद बिघटनको मुद्दामा किन ढिलाइ ?
निपा भाइरस कसरी सर्छ ? कसरी बच्ने ?
रविको चेतावनी : पुरानो संसद फर्काउने चलखेल स्वीकार्दैनौं
रुकुममा प्रचण्डसँग चुनाव लडेका शहीदपुत्र








