संसद बिघटनको मुद्दामा किन ढिलाइ ?
एकातिर देश चुनावमय भइसक्यो, अर्कोतिर अदालतमा संसद पुनस्र्थापनाको मुद्दा बाँकी नै छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्चले त्यो मुद्दा छिटो टुंग्याउनुपर्छ भनिरहेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पुरानो संसद फर्काउने चलखेल स्वीकार्दैनौं भनिरहेका छन् ।
संसद पुनर्स्थापनाको मुद्दा चुनाव अगाडि नै टुंगिएला कि नटुंगिएला ? चुनावको मुखैमा अदालतले संसद पुनर्स्थापना गरिदिने त होइन ? संसद पुनर्स्थापनाको मुद्दालाई लिएर यावत प्रश्न उठेका छन् ।
जेनजी आन्दोलनपछि गठित सरकारकी प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले संसद विघटन गरेका थिए ।
त्यसलगत्तै संसद बिघटनलाई अवैधानिक भन्दै कानुन व्यवसायीहरु सर्वोच्च अदालत पुगे । नेकपा एमाले र नेपाली कांग्रेसका सांसदहरुले पनि रिट दिए । सबै गरेर झण्डै २० वटा रिट परेको छ ।
त्यो रिटमा सरकार, राष्ट्रपति कार्यालयसहित सबै विपक्षीले लिखित जवाफ दिइसके । अब यो रिटमा धमाधम बहस हुनुपर्ने हो । तर सर्वोच्च अदालतले मुद्दा सुनुवाइ हुने मिति अर्थात् पेशी तोकेको छैन ।
आज माघ २० गते यो मुद्दाका निवेदकहरुको तारेख थियो । निवेदकहरु तारेख बुझ्न सर्वोच्च अदालत पुगेका थिए । निवेदक कानुन व्यवसायीहरुले सर्वोच्च अदालतका रजिस्ट्रार अर्जुनप्रसाद कोइरालालाई भेट गरेर रिटमा अंग पुगिसकेकाले पेशी तोक्न माग गरे ।
तर सर्वोच्च अदालत प्रशासनले पेशी तोकेन । आज पनि निवेदकहरुलाई माघ २८ गतेको तारेख दिएर पठाएको छ ।
रिट निवेदक अधिवक्ता कीर्तिनाथ शर्मा पौडेलका अनुसार राष्ट्रिय महत्वको विषय भएकाले अदालतले छिटो पेशी तोकेर निरन्तर सुनुवाइमा लैजानुपर्छ भन्ने निवेदकहरुको माग थियो । तर अदालत प्रशासनले तारेख नै दिएर पठायो ।
सर्वोच्चको यो कदमले अब यो रिटमा चुनाव अगाडि फैसला आउने सम्भावना करिब करिब टरेको कतिपय रिट निवेदकहरुको भनाइ छ । अब सर्वोच्चले छिटो गर्दा पनि फागुन पहिलो हप्ता अगाडि सुनुवाइ हुने सम्भावना छैन ।
सामान्यतया तारेख तोकिएको कम्तीमा एक हप्तापछि मात्र मुद्दाहरु पेशीमा चढ्छन् । फागुन पहिलो हप्ता सुनुवाइ सुरु भएमा पहिला रिट निवेदकहरुले बहस गर्छन् । त्यसपछि विपक्षीका तर्फबाट जवाफ दिन्छन् । त्यसपछि पुनः निवेदकहरुलाई बहस गर्न दिइन्छ ।
राष्ट्रिय महत्वको विषय भएकाले धेरै कानुन व्यवसायीले बहस गर्न नाम लेखाउन सक्छन् । सर्वोच्चले प्राथमिकतामा राखेर निरन्तर सुनुवाइ गरेमा चुनावअघि नै फैसला गर्न त सक्छ ।
तर देश चुनावमा गइसकेकाले सर्वोच्चले संसद पुनस्र्थापनाको मुद्दालाई प्राथमिकता दिन्छ कि दिँदैन अहिले नै भन्न सकिन्न ।
सरकारले न्यायालयलाई तर्साउन खोज्यो : नेपाल बार
पोखरा विमानस्थलमा पूर्वअर्थमन्त्री कार्कीविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौंका बाँकी सुकुम्बासी बस्तीमा वैशाख १८ गते डोजर
अर्थ मन्त्रालयका कर्मचारीले १५ दिनमै पाए तलब
दीपक भट्टको साझेदार बन्दा गयो सुदनको गृहमन्त्री पद


-1777651991.jpeg)

-1777978198.png)



