जेनजी शहीदकी आमा सुदनलाई भेट्दा भावुक
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुको तालिममा आज एक जना महिला सांसदले सुदन गुरुङलाई अंगालो हालेर भक्कानिएको देख्नुभयो ?
रास्वपा सांसदहरुका लागि ललितपुर ग्वार्कोको होटल रोयल टुलिपमा अभिमुखीकरण तथा परिचयात्मक कार्यक्रम थियो ।
जेनजी आन्दोलनका शहीद रसिक खतिवडाकी आमा रचना खतिवडालाई रास्वपाले समानुपातिक प्रणालीबाट सांसद बनाएको छ । अनि जेनजी आन्दोलनबाटै चिनिएका सुदन गुरुङ पनि गोरखा १ बाट चुनाव जितेका छन् ।
कार्यक्रम सुरु हुनै लागेको थियो । रचना एउटा टेबुलमा बसेकी थिइन् । सुदन सहभागीहरुसँग कुरा गर्दै गर्दै रचना बसेको टेबुलमा पुगे । सुरुमा उनीहरु आपसमा परिचित जस्तो गरेर हाँस्दे अंकमाल गरे । तर एकैछिनमा रचना भावुक बनिन्, आँखाभरि आँशु बनाइन् । रचनाले सुदनलाई धेरैबेर अंगालोमा बाँधिरहिन् । सुदनले उनको आशु पुछिदिए ।
रचनाका छोरा २२ वर्षका रसिक खतिवडाको भदौ २३ गते जेनजी आन्दोलनमा प्रहरीको गोली लागेर मृत्यु भएको थियो । रचनाले सुदनलाई देखेपछि आफ्नो छोरा सम्झिएको हुन सक्छ । त्यसैले उनले आँशु थाम्न सकिनन् । अहिले यो फोटो र भिडियो सामाजिक सञ्जालमा खुबै फैलिएको छ ।
रसुवा बाढीमा मृत्यु हुनेको संख्या १००० नाघ्यो
प्रधानमन्त्री राहत कोषमा सरकारी कर्मचारीको तलबबाट ३६ करोड
रसुवा बाढीमा ज्यान गुमाउनेको संख्या ३५९ पुग्यो
३३ वर्षको उमेरमा भारतीय क्रिकेट टिमबाट डेब्यू
कतार एयरवेजबाट नेपाली यात्रुले पाउने भइन् २ करोड ६१ लाख क्षतिपूर्ति








