खोटाङमा हेलिकप्टर दुर्घटना, सबै जना सकुशल
बुधबार खोटाङको केपिलासगढी गाउँपालिका–२ मा हेलिकप्टर दुर्घटना भयो ।
एयर डाइनेस्टीको यो हेलिकप्टरमा चालकसहित ६ जना यात्रु थिए ।
स्थानीय नागमणि राई, उनका छोरा बालकुमार, छोरी सम्झना, आफन्त लक्ष्मी राई र काजीबहादुर राई सवार थिए ।
नागमणिकी श्रीमती मनमछी राईको केही दिन पहिले बेलायतमै मृत्यु भएको थियो । अन्त्येष्टीका लागि उनको शव नेपाल ल्याइएको थियो । मनमछीको शब शवबाहनबाट खोटाङ लगिदैछ ।
परिवारका सदस्यहरु भने हेलिकप्टरबाट गएका थिए । तर अवतरणका क्रममा हेलिकप्टर दुर्घटना भयो । बारीको डिलमा ठोकिन लाग्यो भनेर सार्नेक्रममा दुर्घटना भएको हो ।
यो दुर्घटनामा पर्दा काजीबहादुर राई घाईते भएका छन् । उनको दाहिने खुट्टामा चोट लागेको छ । उनलाई त्यहाँबाट अर्को हेलिकप्टरमार्फत काठमाडौं ल्याएर ह्याम्स हस्पिटलमा उपचार गरिदैछ ।
चालकसहित अन्य ४ यात्रु भने, सुरक्षित छन् ।
रोड्री कता जालान् : रियल मड्रिड कि वार्सिलोना ?
सेना नै रिसाउने गरी सांसद राजु पाण्डेले के गरे ?
अन्तत पक्राउ पर्यो गहना लुट्ने कर्मा तामाङको गिरोह
कस्तो हिमाल हो निम्सदाइको ज्यान लिएको ब्रोडपिक ?
राप्रपाले सरकारलाई भन्यो : साम्प्रदायिक विवादको दीर्घकालीन समाधान खोज






