ग्लोबल आइएमई ह्याकाथनका लागि आवेदन खुल्ला
काठमाडौं । प्रविधिको प्रवद्र्धन तथा नवप्रवर्तनलाई प्रोत्साहन गर्ने उद्देश्यले ग्लोबल आइएमई बैंक लिमिटेडले दोश्रो संस्करणको ह्याकाथन गर्न भएको छ ।
बैंकले गतवर्ष नेपालको बैंकिङ क्षेत्रमा पहिलो पटक एआई/एमएल ह्याकाथन पहिलो संस्करण आयोजना गरेको थियो । दोश्रो संस्करण २०२६ कृक्रिम बुद्धिमत्ता (एआई) र मेसिन लर्निङ (एमएल) सम्बन्धी ग्लोबल आइएमई एआई/एमएल ह्याकाथन आगामी मे महिनाको २९–३१ मा हुने भएको छ ।
प्रतियोगितामा सहभागी हुन प्रविधिमा रुची राख्ने विद्यार्थी, स्टार्टअप, डेभलपर, इन्जिनियर, डेटा वैज्ञानिक, अनुसन्धानकर्ता तथा प्रविधि क्षेत्रका पेशाकर्मीहरुका लागि आवेदन खुल्ला गरिएको बैंकले जनाएको छ ।
प्रतियोगितामा सहभागी हुन मे ४, २०२६ भित्र बैंकको वेवसाइट मार्फत् आवेदन दिन सकिनेछ ।
सहभागी प्रतिस्पर्धीहरुले दि अटोनोमस क्रेडिट एण्ड लेन्डिङ्ग अर्केस्टे«टर, एजेन्टिक फ्रड डिटेक्शन, दि मल्टिलिङ्गुअल भ्वाइस बैंकिङ सहायक, सेन्टिनेल्स अफ द नेटवर्क– एआई ड्रिभन इन्टुजन डिटेक्शन (आईडीएस) लगायत बैंकले तोकेका विषयहरुमा केन्द्रित रही आफ्ना अबधारणाहरु प्रस्तुत गर्नुपर्नेछ ।
उत्कृष्ट टोलीलाई नगद पुरस्कारका साथै बैंकसँग सकहकार्य गर्ने अवसर समेत प्रदान गरिनेछ ।
प्रविधिमैत्री वित्तीय सेवाहरु प्रवद्र्धन गर्न र डिजिटल बैंकिङ सेवालाई थप प्रभावकारी बनाउदै नविनतम् अबधारणाहरुलाई प्रोत्साहित गर्न ह्याकाथनले महत्वपूर्ण भूमिका खेल्ने बैंकको विश्वास छ ।
धितो लिलामीमा ऋणीको पक्षमा राष्ट्र बैंकको निर्देशन
टाटा सियरा २०२५ कस्तो छ, कति पर्छ ?
नेपालको सबैभन्दा बढी कर तिर्ने को-को ?
तीन हप्तादेखि कष्ट भोग्दै हिमालयन बैंकका ग्राहक








