राजावादीको आन्दोलन उग्र भएपछि बानेश्वरदेखि कोटेश्वरसम्म कर्फ्यु
राजतन्त्र पक्षधरले काठमाडौंको तीनकुने क्षेत्रमा गरेको आन्दोलन उग्र बन्दै गएपछि स्थानीय प्रशासनले कर्फ्यु लगाएको छ ।
शुक्रबार राति सवा ४ बजेदेखि राति १० बजेसम्म बानेश्वरदेखि कोटेश्वरसम्मको क्षेत्रमा जिल्ला प्रशासन कार्यालयले कर्फ्यु आदेश जारी गरेको हो ।
प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीका अनुसार गौशालादेखि एयरपोर्ट, गैरीधारा, तीनकुने हुँदै कोटेश्वरसम्म कर्फ्यु लगाइएको छ । त्यस्तै कोटेश्वरदेखि जडिबुटी पुलसम्म पनि कर्फ्यु लगाइएको छ ।
बानेश्वर चोकदेखि शंखमुल पुलसम्म, कोटेश्वरदेखि बालकुमारीसम्म, गौशाला चोकदेखि पुरानो बानेश्वर हुँदै नयाँ बानेश्वर चोकसम्म पनि कर्फ्यु लगाइएको छ ।
त्यस क्षेत्रमा आवतजावत गर्न, भेला जुलुस, प्रदर्शन, सभा बैठक घेराउ गर्न नपाइने सूचनामा उल्लेख छ ।
दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियानले शुक्रबार तीनकुनेमा राजतन्त्रको पक्षमा आन्दोलन घोषणा गरेको थियो । यो आन्दोलनलाई राप्रपा, नवराज सुवेदी नेतृत्वको जनआन्दोलन समितिलगायत राजतन्त्र पक्षधर पार्टी र समूहहरुले समर्थन गरेका थिए ।
तर शुक्रबार बिहान तीनकुनेमा प्रदर्शनकारीले निषेधित क्षेत्र तोड्न खोज्दा झडप भएको थियो । झडपपछि तितरबितर भएको समूहले व्यक्तिका घरहरुमा आगजनी सुरु गरेको थियो ।
एयरपोर्टस्थित नेपाल नागरिक उड्डयन प्राधिकरणको कार्यालय, तीनकुनेस्थित अन्नपूर्ण पोस्ट पत्रिकाको कार्यालय र कोटेश्वरको भाटभटेनी कार्यालयमा तोडफोड भएको छ ।
त्यस्तै आलोकनगरमा नेकपा एकीकृत समाजवादीको पार्टी कार्यालयमा पनि तोडफोड भएको छ ।
हेर्नुहोस् कर्फ्युको सूचना

उखुको न्यूनतम मूल्य प्रतिक्वीन्टल ६२० रुपैयाँ
महेश बस्नेतको अगुवाइमा गुण्डुमा बन्दैछ ओली कुटी
नेपालमा १०० भारु भन्दा माथिका नोट पनि चलाउन भारतको अनुमति
नलिन्चोक हेलिप्याड प्रकरण, प्रदीप अधिकारीसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
उज्यालो नेपाल पार्टीमा खुले कुलमान





-1765982600.jpg)

