राजावादीको आन्दोलन उग्र भएपछि बानेश्वरदेखि कोटेश्वरसम्म कर्फ्यु
राजतन्त्र पक्षधरले काठमाडौंको तीनकुने क्षेत्रमा गरेको आन्दोलन उग्र बन्दै गएपछि स्थानीय प्रशासनले कर्फ्यु लगाएको छ ।
शुक्रबार राति सवा ४ बजेदेखि राति १० बजेसम्म बानेश्वरदेखि कोटेश्वरसम्मको क्षेत्रमा जिल्ला प्रशासन कार्यालयले कर्फ्यु आदेश जारी गरेको हो ।
प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीका अनुसार गौशालादेखि एयरपोर्ट, गैरीधारा, तीनकुने हुँदै कोटेश्वरसम्म कर्फ्यु लगाइएको छ । त्यस्तै कोटेश्वरदेखि जडिबुटी पुलसम्म पनि कर्फ्यु लगाइएको छ ।
बानेश्वर चोकदेखि शंखमुल पुलसम्म, कोटेश्वरदेखि बालकुमारीसम्म, गौशाला चोकदेखि पुरानो बानेश्वर हुँदै नयाँ बानेश्वर चोकसम्म पनि कर्फ्यु लगाइएको छ ।
त्यस क्षेत्रमा आवतजावत गर्न, भेला जुलुस, प्रदर्शन, सभा बैठक घेराउ गर्न नपाइने सूचनामा उल्लेख छ ।
दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियानले शुक्रबार तीनकुनेमा राजतन्त्रको पक्षमा आन्दोलन घोषणा गरेको थियो । यो आन्दोलनलाई राप्रपा, नवराज सुवेदी नेतृत्वको जनआन्दोलन समितिलगायत राजतन्त्र पक्षधर पार्टी र समूहहरुले समर्थन गरेका थिए ।
तर शुक्रबार बिहान तीनकुनेमा प्रदर्शनकारीले निषेधित क्षेत्र तोड्न खोज्दा झडप भएको थियो । झडपपछि तितरबितर भएको समूहले व्यक्तिका घरहरुमा आगजनी सुरु गरेको थियो ।
एयरपोर्टस्थित नेपाल नागरिक उड्डयन प्राधिकरणको कार्यालय, तीनकुनेस्थित अन्नपूर्ण पोस्ट पत्रिकाको कार्यालय र कोटेश्वरको भाटभटेनी कार्यालयमा तोडफोड भएको छ ।
त्यस्तै आलोकनगरमा नेकपा एकीकृत समाजवादीको पार्टी कार्यालयमा पनि तोडफोड भएको छ ।
हेर्नुहोस् कर्फ्युको सूचना

रोड्री कता जालान् : रियल मड्रिड कि वार्सिलोना ?
सेना नै रिसाउने गरी सांसद राजु पाण्डेले के गरे ?
अन्तत पक्राउ पर्यो गहना लुट्ने कर्मा तामाङको गिरोह
कस्तो हिमाल हो निम्सदाइको ज्यान लिएको ब्रोडपिक ?
राप्रपाले सरकारलाई भन्यो : साम्प्रदायिक विवादको दीर्घकालीन समाधान खोज






